

बिनोद जोशी
अस्तित्व जोगियो एउटा रहर गुम्यो ।।
जिन्दगी बनाउने क्रममा अवसर गुम्यो ।।
किसान सँग पसिनाको मूल्य के माग्छौ ?
हेर मूल्य नपाएर भ्रष्टको कदर गुम्यो ।।

परदेश गएको छोरो फर्किएको छैन
हेर्दाहेर्दै बाटो आमाको नजर गुम्यो ।।
म बाट छुट्टिएर तिमी मात्रै गुमेकी हौ
मेरो भने थियो सपनाको घर गुम्यो ।।
बिनोद, मातृभूमिमा जीवन खोज्दैछ
यहाँका शत्रु बैरीहरूको सफर गुम्यो ।।