Division forest_Ads

 आफ्नै विद्यालयको बसले किच्दा बालिकाको मृत्यु 

Bidhut Notice
Geruwa GIF

यज्ञप्रसाद सापकाेटा, बर्दिया । ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा रहेको विविएस मेमोरियल स्कुलको बसले सोही विद्यालयमा अध्ययनरत बालिकालाई किच्दा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नर्सरीमा पढ्ने पाँच बर्षिया सविता सुनार रहेकी छन् । 

Basgadhi PSA_final


विद्यालयको बस ठाकुरद्वारा देखि शिवपुर जाँदै गरेको  ना ४ ख ६२७१ नं बसले किचेर बालिकाको मृत्यु भएको हो । बालिका बसबाट झरेर घरतर्फ जाने क्रममा बसको पछाडिको चक्काले किचेको थियो । घटना हुनासाथ एम्बुलेन्समा राखेर नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुऱ्याउन साथ डाक्टरले मृत घोषित गरेको पहरीले जनाएको छ । उनको टाउको र गर्दनमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले बताउनु भयो । 


स्थानीयबासीका अनुसार सविता घर जानका लागि बसबाट ओर्लँदा झोलाको बोतल खसेपछि टिप्दै गर्दा पछाडिको चक्काले किचेको थियो । गाडी अत्यन्त पुरानो भएको, गाडीमा सहचालक नभएको र चालकले बालिकालाई नदेखेर गाडी चलाउँदा दुर्घटना हुन पुगेको स्थानीयवासीले बताएका छन् । बालिकाका परिवारले विद्यालय र गाडी चालकको लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका छन् । 


अभिभावक र विद्यालय बिच सहमति भएपछि शवको पोस्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । गाडी र गाडी चालक प्रहरीको नियन्त्रणमा राखिएको छ । 

Leave A Reply

Your email address will not be published.