Division forest_Ads
Barista_Training

स्थानीय तहमा युवाहरूको सहभागिता बढाउनु पर्नेमा जोड

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । बर्दियामा गरिएको एक कार्यशाला गोष्ठीमा स्थानीय तहमा युवाहरूको सहभागिता बढाउनु पर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् प्लान इन्टरनेसनल नेपाल को साझेदारी र बाँके युनेस्को क्लबको आयोजनामा स्थानीय तहको युवा सहभागिता ढाँचा बारे कार्यशाला गोष्ठीमा सो कुरा बताएका हुन् ।

Basgadhi PSA_final


शसक्त बालिका परियोजना अन्तर्गत सञ्चालित उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरूको सहभागिता रहेको थियो । हरेक क्षेत्रमा युवाहरूको पहुँच वृद्धि गर्न स्थानीय योजना प्रक्रियामा युवा सहभागिता बढाउनका लागि पालिका तहमा युवा सहभागिता ढाँचा निर्माण गरि लागू गर्ने उद्देश्यका साथ गोष्ठी सञ्चालन भएको थियो । कार्यक्रममा युवा नीति २०७२, युथ भिजन २०२५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएका युवा सहभागिताको व्यवस्थाको बारेमा छलफल गरिएको थियो ।  स्थानीय योजना तर्जुमा प्रक्रिया र स्थानीय तहमा युवा सहभागिताको महत्व र चुनौती का बारेमा कार्यक्रममा सहजीकरण गरिएको थियो ।

त्यसैगरी युवाको सहभागिता तथा सशक्तीकरण गर्नको लागि युवाक्लब गठन तथा युवा सांसद सञ्चालन कार्यविधि – २०७५ को स्थानीय करण गर्दै युवा क्लब गठन, नमुना युवा सांसदको निर्माण र अभ्यास, क्षमता अभिवृद्धि, श्रोत व्यवस्थापन  र स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधि बनाइ लागू गर्नका लागि छलफल गरिएको छ । स्थानीय तहको योजना तर्जुमा प्रक्रिया तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोके बमोजिम सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, किशोरकिशोरी, दलित, युवा, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गताभएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका सरोकारवालाको अधिकतम सहभागिता सुनिश्चित गर्न सहभागीहरूले जोड दिएका थिए । 

 
गुलरिया नगरपालिका नगर उप प्रमुख सावित्री गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, सबै वडाका वडा अध्यक्ष ,योजना शाखा प्रमुख मुकुन्द अर्याल, शिक्षा शाखा प्रमुख सतिश यादव ,महिला बालबालिका शाखा प्रमुख शिला शाह, नगर कार्यपालिका सदस्य तथा पत्रकार लगायतकाको उपस्थित रहेको थियो ।  प्रशिक्षक दीपक भटटराईले सहजीकरण गर्नु भयको उक्त कार्यक्रममा सहभागीहरूले कार्ययोजना निर्माण गरि लागू गर्ने प्रतिबद्धता जनाएका थिए ।  कार्यक्रमको सञ्चालन परियोजना अधिकृत ईश्वर बिकले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य तथा परियोजना बारे जानकारी परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले प्रकाश पार्नुभएको थियो । 

Leave A Reply

Your email address will not be published.