Krishnasar_Dubble Ad
Barista_Training

गुलरिया नगरपालिकाका ६ ओटा विद्यालय पहिलो तारा

Geruwa GIF

यज्ञप्रसाद सापकोटा, गुलरिया । बर्दियाको गुलरिया नगरपालिकाका ६ ओटा विद्यालयहरूलाई पहिलो तारा घोषणा हुने भएका छन् । नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरूप मापदण्ड पुगेकाले गुलरिया नगरपालिकाका ६ वटा विद्यालयलाई पहिलो तारा घोषणा गर्ने तयारी भइरहेको छ । 


गुलरिया नगरपालिकामा बसेको नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकले विद्यालयहरूले आफूहरू पहिलो तार बन्नको लागि योग्य भएको निवेदन दिएकाले आवश्यक प्रक्रिया पुरा गरी पहिलो तारा प्रमाणिकरण गर्ने निर्णय गरेको छ । त्यसैगरी विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको नियमित  अनुगमन गर्ने , विद्यालयमा मर्मतसम्भार कोषको व्यवस्था गरी निर्माण भएका खानेपानी सरसफाइका संरचनाको नियमित मर्मत संहार गर्ने निर्णय गरेको छ । 


गुलरिया नगरपालिकाका पहिलो तारा घोषणाका लागि श्री बगलामुखी राधाकृष्ण थारू मावि, ध्रुव मावि ,नेपाल राष्ट्रिय शम्भुशरण मावि, जानकी मावि, ने रा मावि भैसाही र गौरिशङ्कर माविले स्वघोषणा गरेका छन् । 

Basgadhi PSA_final

    कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छतामा सुधार भइरहेको बताउनु भयो । उहाँले सङ्घसंस्थाले विद्यालयमा बनाएका संरचनालाई मर्मत संहार  र संरक्षण गर्ने दायित्व नगरपालिकाको भएकोले ढुक्क हुन आग्रह गर्नु भयो ।
उहाँले अझै पनि महिनावारी हुँदा लगाउने प्याड गुणस्तरहीन ल्याएको भन्ने गुनासोलाई सम्बोधन गर्दै उहाँले अब अनुगमन गरेर कसरी राम्रो गुणस्तरको ल्याउने सल्लाह गरेर अगाडि बढ्ने बताउनु भयो । 


कार्यक्रममा बेस बर्दियाले विगत एक वर्ष यता गरेका क्रियाकलाप, उपलब्धी , सिकाइ र चुनौतीको  बारेमा जानकारी गराइएको थियो । हाल सम्म विद्यालयका शिक्षकहरु र पालिकाका पदाधिकारीहरूलाई खानेपानी स्वास्थ्य कार्यविधिको बारेमा जानकारी गराई कार्यविधि लागू गर्नका लागि प्रेरित गरिएको बेस बर्दियाका कार्यक्रम संयोजक जगदिश चौधरीले बताउनु भयो ।


विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छताको राम्रो पहुँच हुँदा विद्यालय छोड्ने र विद्यालयमा अनुपस्थित हुने क्रम कम हुँदै जाने वाटरएड नेपालका प्रोजेक्ट म्यानेजर उमाशंकर यादवले बताउनु भयो । उहाँले भन्नु भयो –‘परियोजनाले निर्माण गरेका संरचनाको संरक्षण र मर्मतसम्भार  नगरपालिकाले गर्नुपर्ने बताउनु भयो ।’
गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा सञ्चालित बैठकमा परियोजना सल्लाहकार समितिका पदाधिकारीहरू, नगर उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखा प्रमुख शतिस यादव लगाएतकाको उपस्थिति रहेको थियो । 


विद्यालयमा समावेशी तथा पहुँच युक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्ध गराई अपाङ्गता भएका बालबालिकाहरू र किशोर किशोरीहरूको पहुँच वृद्धिका लागि सिकाइकाे वातावरण सृजना गर्ने उद्देश्यले  वास गेन्स परियोजना सञ्चालन भएको हो । परियोजना ठाकुरबाबा, बारबर्दिया, गुलरिया, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका जम्मा ३३ वटा विद्यालयहरूमा सञ्चालन भइरहेको छ ।  अप्रिल २०२३ देखि ३१ मार्च २०२६ सम्म परियोजनाको अवधि रहेको छ । परियोजना वाटरएड नेपालको आर्थिक, नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी) तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडी–एन) को प्राविधिक सहयोगमा बेस संस्था द्वारा बर्दिया जिल्लामा सञ्चालनमा रहेको छ । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page