Krishnasar_Dubble Ad
Barista_Training

रोलरले किचेर एक जनाको मृत्यु

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । राजापुर रिङ्गरोड अन्तर्गत गेरुवा १ थापापुरमा पिच रोड निर्माण गर्ने  क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ ।   पिच  बाटो निर्माण गर्ने क्रममा रोलरले किचेर  भारत विहारका करिव २२ वर्षको प्रवेश आलमको मृत्यु भएको  हो ।

Basgadhi PSA_final

गेरुवा – १  जनकनगर देखि गेरुवा – ३ बनकट्टी सम्मको १२ किलोमिटर सडक कालोपत्रेको  काम भइरहेको थियो । बुधबार साँझ करिब ६ बजे कालोपत्रको काम  गर्ने क्रममा  आलमको रोलरले किचेर भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । 

सवारी चालक अनुमति पत्र लाइसेन्स नभएका भनिएका रोलर चालक भने फरार रहेका  छन् ।  उनको खोजीकार्य जारी रहेको, लाइसेन्स बारे बुझ्ने कार्य भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । 

शवलाई पोस्टमार्टमको लागि राजापुर  लगिएको छ । अमर–बर्दिया ब्ल्याक बक जेभी  निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको छ । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page