bardiyahospital

शहीद यमलाल लामिछानेको सालिक निर्माणका लागि शिलान्यास

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । बर्दियामा लोकतान्त्रिक शहीद यमलाल लामिछानेको सालिक निर्माणका लागि शिलान्यास गरिएको छ । शहीद यमलाल लामिछाने स्मृति प्रतिष्ठानको पहलमा निर्माण हुन लागेको सालिककाे शिलान्यास पुर्वसिचाई मन्त्री एवं सांसद सञ्जय गौतमले गर्नुभएको हो ।
शहीद लामिछानेको सालिक निर्माणका लागि गुलरियाको जिल्ला समन्वय समिति रोड स्थित शहीद यमलाल चोकमा शिलान्यास गरिएको छ । सालिकको शिलान्यास गर्दै पूर्वमन्त्री एवं सांसद सञ्जय गौतमले २०६२/६३ को जनआन्दोलनको समयमा गोलि लागि साहदत प्राप्त गर्नु भएको शहीद यमलाल लामिछानेलाई यसै चोकमा राखेर सबै सात दलको सहमतिमा यमलाल चोकको नामकरण गरिएको बताउनु भयो । उहाँले भन्नु भयो –‘ यमलाल लामिछाने हाम्रो देशको शहीद हो, हामी सबैको लागि साहदत दिनु भएको छ, हामीले जति उहाँलाई सम्मान दिन सक्यो त्यति नै ठूला हुन्छौँ ।’  सालिक शिलान्यासमा जनप्रतिनिधि, नगरप्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरू नआएकाले दुःख व्यक्त गर्दै प्रमुख अतिथि गौतमले भन्नु भयो –‘ शहीद भन्दा ठुलो कोही छैन, हामीले जे प्राप्त गरेका छौँ, जहाँ छौँ उहाँहरूले साहदत दिएकाले छौँ । 


कार्यक्रममा बोल्दै सांसद गिता बस्नेतले सालिक निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले शहीद हरुको सम्मान स्वरुप सालिक निर्माण गर्न लागिएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेकपा एमाले बर्दियाका उपाध्यक्ष शालिकराम अधिकारीले शहीद कुनै पार्टी विशेषको नभई सम्पूर्ण राष्ट्रको भएको बताउनु भयो । उहाँले शहीद हरूको स्मरण र सम्झनाले मुलकको विकास र परिवर्तनका निम्ति सदैव लागिरहन प्रेरणा दिन सकोस भन्ने भावनाका साथ सालिक निर्माण गर्न लागिएकोले सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

cld


सालिक निर्माणका लागि केही रकम गुलरिया नगरपालिका वडा नं २ र वडा नं ५ ले आर्थिक सहयोग गरेका छन् । सालिक निर्माणका लागि रकम अभाव भएको हुनाले सबै पक्षहरूको सहयोगको अपेक्षा गरेको शहीद यमलाल स्मृति प्रतिष्ठानका अध्यक्ष भुमिराज लामिछानेले बताउनु भयो ।  


प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं  सांसद सञ्जय गौतम, सांसद गीता बस्नेत, पुर्व सांसद लिला राना, नेकपा एमालेका उपाध्यक्ष शालिकराम अधिकारी, नेकपा एककिृत समाजवादी बर्दियाका अध्यक्ष प्रेम प्रसाद पोखरेल, गुलरिया नगरपालिका वडा नं २ का वडाध्यक्ष टंकप्रसाद अधिकारी, वडा नं ५ का वडाध्यक्ष मुमबहादुर मल्ल, वडा नं ६ का वडाध्यक्ष सुधांशु प्रकाश शर्मा लगाएतकाको उपस्थिति रहेको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.