Division forest_Ads
Barista_Training

बाँसगढी नगरपालिकाको लापरवाहीले शिक्षक छनौटको  हुन सकेको छैन्

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बाँसगढी नगरपालिका वडा –१ चेपाङमा रहेको श्री लक्ष्मी माध्यामिक विद्यालयमा पालिकाको लापरवाहीले शिक्षक छनौटको  हुन सकेको छैन् । विद्यालयमा रिक्त रहेको निम्न माध्यामिक तह श्रेणी तृतीय ( राहत )  र प्राथमिक तह अस्थायी परीक्षा हुन नसकेको हो । 

विद्यालयले व्यवस्थापन समितिको बैठकले विद्यालयमा शिक्षक अभाव भएकोले निम्न माध्यामिक तह श्रेणी तृतीयमा एक जना र प्राथमिक तह अस्थायी एक जना गरी दुई जना शिक्षक  माग गरेको थियो ।  विद्यालयले पुष १३ गते विज्ञापन अनुसार १९ जनाले दरखास्त दिएका थिए । विद्यालयले परीक्षार्थीहरूलाई फागुनको ४ गते परीक्षा हुने जानकारी समेत गराएको थियो ।

पालिकाले शिक्षक छनौट जस्तो महत्वपूर्ण कामलाई विभिन्न बहानाबाजीमा  परीक्षा पटक पटक सार्दै आएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्साराम जैसीले भन्नभयो, ‘माघको पहिलो हप्ता परीक्षा गर्ने गरी  विद्यालयमा  छलफल भयो । त्यहीँ अनुसार पालिकालाई खबर समेत गरेको थियो  भूगोलका हिसाबले पनि चेपाङ टाढा भएकोले भेटघाट गर्न सक्ने अवस्था छैन् । समितिको बैठक बसेको समयमा पालिकासँग फोन मार्फत  गर्यौ । तर शिक्षा शाखाबाट यताको समय मिलाएर गरौँला भन्ने जवाफ आयो , तर काम हुन सकेन । ’

Basgadhi PSA_final

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जैसीले, भन्नुभयो ‘ पालिकाबाट कुनै खबर नआएपछि माघको अन्तिमतिर हेडसर पालिका जानुभयो ।  हेडसरलाई   पालिकाले  फागुन ४ गते बाँसगढी नगरपालिकाको कार्यालयमा परीक्षा सञ्चालन गर्ने  भन्यो ।  विद्यालयले  पनि त्यहीँ अनुसार परीक्षालाई  सूचना जारी गरेको थियो । तर एकाएक फागुन ३ गते शाखाबाट परीक्षा हुन नसक्ने भनेर खबर आयो ।’

परीक्षार्थीहरू टाढा टाढाबाट परीक्षा आउने र परीक्षा दिन पालिकाको कार्यालयका जान्नुपर्ने  भएकोले शाखाले नै सूचना जारी गरिदिनु भन्ने भएपछि परीक्षा स्थगित गरिएको सूचना जारी गरेको अध्यक्ष जैसीले बताउनु भयो । उहाँले भन्नुभयो ‘फागुन महिनाभरि पनि परीक्षा सञ्चालन गरेर शिक्षक राख्न निरन्तर समन्वय गर्यौ  तर परिणाम आउन सकेन, त्यस्तै त्यस्तै भयो ।’

चेपाङको भन्दा पछाडि विज्ञापन भएका केही विद्यालयको परीक्षा भएर पनि शिक्षक पठाइ सकेको तर चेपाङको विद्यालयप्रति पालिकाले गैरजिम्मेवार बनेको आरोप अध्यक्ष जैसीले लगाउनु भयो ।  त्यसपछि पनि चैत्र ५ गते परीक्षा गर्ने कि भनेर नगरप्रमुख,  वडा –१ का वडा अध्यक्ष र म बसेर सहमति पनि गर्यौ । तर फेरि पनि पालिकाको व्यस्थताले परीक्षा हुन नसक्ने भयो भन्दै खबर आयो । यसरी पटक पटक  परीक्षा रोकिदाँ  विद्यालयको  पठनपाठनमा असर पुगेको छ । भने अर्को तर्फ उत्तरपुस्तिका जाँच गर्न पनि कठिन भएको अध्यक्ष जैसीले बताउनु भयो । 

बाँसगढी नगरपालिकाको नगरप्रमुख खड्क बहादुर खड्काले शिक्षा युवा तथा खेलकुद विकास शाखाको व्यस्तताको कारणले परीक्षा हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कक्षा ८ को परीक्षा र एसईईको परीक्षा भएकोले र  शाखाले व्यवस्था भएको कारण पनि परीक्षा सरेको हो । तर चैत्र महिनाभित्र परीक्षा सञ्चालन हुने भएर नयाँ शैक्षिक सत्रमा नयाँ शिक्षक पठाउने बताउनु भयो । 

शिक्षक छनौटको परीक्षाको कुनै प्रकारको भेदभाव नभएर निष्पक्ष रुपमा सञ्चालन हुने नगरप्रमुख खड्काले बताउनु भयो ।
कक्षा १२ सम्म पढाई हुने श्री लक्ष्मी माध्यामिक विद्यालयका अहिले ६ सय ४१ जना विद्यार्थी रहेको छन् । तर पालिकाले समयमा शिक्षक छनौटको  परीक्षा सञ्चालन नगरिदिँदा पठनपाठनमा असरमा असर परेको छ ।

Leave A Reply

Your email address will not be published.