bardiyahospital

प्रशासकीय अधिकृत शाहीलाई  वडा अध्यक्ष चौधरीले दुर्व्यवहार गरेको आरोप 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीलाई वडा अध्यक्षले अभद्र व्यवहार गरेको कर्मचारीको आरोप रहेको छ ।  राजापुर नगरपालिका वडा –२ का वडा अध्यक्ष रामचन्द्र चौधरीले  बैशाख १०  गते प्रशासकीय अधिकृतलाई अभद्र  व्यवहार गरेको कर्मचारीले आरोप  लगाएका हुन । 

कार्यालय समयमा कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी  कार्यालय  प्रमुखमा माथि भएको घटनाको छानविन गरी दोषीलाई कडा कारवाही हुनुपर्ने माग कर्मचारीको रहेको छ ।

cld

 

 कर्मचारीले विज्ञप्ति जारी गर्दै  प्रशासकीय अधिकृत माथि भएको अभद्र पूर्ण व्यवहारको छानविन गरी कर्मचारीलाई भयरहित तवरले सेवा प्रदान गर्न वातावरण सिर्जना हुनुपर्ने माग  गरेका छन् ।  राजापुर नगरपालिकासँग राष्ट्रसेवक कर्मचारीको सम्मानपूर्वक बाच्न पाउने मौलिक हकको सुरक्षा  हुनुपर्ने माग  कर्मचारीले गरेका हुन । 

राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले वडा अध्यक्षले गरेको अभद्र व्यवहारको बारेमा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रमुख जिल्ला अधिकारीसँग जानकारी गराएको बताउनु भयो । उहाँले  घटनाको बारेमा प्रमुख जिल्ला अधिकारीसँग कानुनी रुपमा कसरी अगाडि बढ्ने भन्ने बारेका केही निर्णय गर्न नभएको बताउनु भयो ।  

राजापुर नगरपालिका वडा –२ का वडा _ले कर्मचारीले जारी गरेको प्रेस विज्ञप्ति प्रति आपत्ती जनाउनु भएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत माथि भएको भनिएको अभद्र व्यवहार गरिएको भन्ने विषय कपोकल्पित र बनावटी भएको बताउनु भयो । 

बुढीकुलो मुहान ओखरिया इन्टेक सरसफाइ योजना अनुसार नगरपालिका कार्यालयबाट कार्ययोजना स्वीकृत भई प्रमुख प्रशासकीय अधिकृतबाट कार्यादेश भएको थियो । सो योजना अनुसारका   समय अगावै कार्यसम्पन्न भएर भुक्तानीको लागि पटक पटक कार्यालयमा सम्पर्क गर्दा  कार्यालयले गलत नियतले भुक्तानी दिन नमानेको थिएन । उपभोक्ता समितिले आफूसँग भुक्तानी पाउनु पर्ने माग गरेकोले सो रकम निकासा  गएको वडा अध्यक्षले चौधरीले विज्ञप्तिमा भन्नुभएको छ । 

वडा अध्यक्ष चौधरीले  कार्यालय प्रमुखको कार्यकक्षमा गई भुक्तानी प्रकृया छिटो छरितो बनाउन आग्रह गर्दा कार्यकारी प्रमुख शाहीले एक्कासि जंगिएर सो योजना रोकिदिने चुनौती दिई दादागिरी हर्कत देखाए पश्चात सोको प्रतिवाद  लागि वडा अध्यक्षको हैसियतले प्रतिवाद गरेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । 

नेपाल कांग्रेसले राजापुर नगरपालिका वडा अध्यक्ष रामचन्द्र चौधरीलाई लगाइएको आरोपले गम्भीर  ध्यानाकर्षण गएको  जनाएको छ । वडा अध्यक्ष निराधार एवम् बनावटी आरोप लगाउँदै बदनाम गर्ने नियतका साथ राजापुर नगरपालिकाका कर्मचारी परिवारले जारी गरेको विज्ञप्ति प्रति घोर आपत्ती र खेद प्रकट गरेको कार्यवाहक सभापति कमल पाण्डेले जनाउनु भयो । सत्यलाई बङ्गाउन राजापुर नगरपालिकाका कर्मचारीको तर्फबाट बिना नाम हस्ताक्षर गरी जारी गरिएको विज्ञप्ति दुराशय मनसाय साथ बदनाम गरी राजनीतिक, सामाजिक मान प्रतिष्ठामा चरित्र हत्या गर्न खोजेको हो भन्ने निष्कर्ष साथ यस्ता गलत अर्गल भ्रामक विज्ञप्तिलाई चुनौती दिन प्रेस विज्ञप्ति जारी गरेको कार्यवाहक सभापति पाण्डेले उल्लेख गर्नु भएको छ ।  


online dubble sclaed
Leave A Reply

Your email address will not be published.