bardiyahospital

वडाले दियो महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको राजापुर नगरपालिका, ३ को वडा कार्यालयले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान गरेको छ । वडा कार्यालयले वडाभित्र रहेका १३ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान गरेको हो । 

गाउँघरमा रहेको गर्भवति, सुत्केरी, बालबालिका भेटघाट गर्न खोप कार्यक्रम सञ्चालन गर्न आमा समूहको नियमित बैठक सञ्चालन गर्न सहज होस भनेर वडा कार्यालयले साइकल दिएको राजापुर नगरपालिका वडा, ३ का वडा अध्यक्ष प्रसादु थारूले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ महिला स्वास्थ्य स्वयंसेविकालाई गर्दै आएको कामलाई अझै छिटोछरितो प्रभावकारी बनाउन र आउजाउलाई थोरै भएपनि सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरेको हो ।’

cld

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.