bardiyahospital

बर्दियामा गोहीको आक्रमण महिला बेपत्ता 

Geruwa GIF

कृष्णसार अनलाइन । गोहीको आक्रमणबाट बर्दियामा एकजना महिला बेपत्ता भएकी छिन् । गोहीको आक्रमणबाट मधुवन नगरपालिका, ३ कोठियाघाटकी ४५ वर्षीया पुष्पा लामिछाने बेपत्ता भएकी हुन्।

 शुक्रवार बिहान गेरुवा नदीको कोठियाघाट क्षेत्रमा माछा गर्न गएकी लामिछानेलाई गोही आक्रमण गरेको थियो । गोहीको आक्रमणबाट बेपत्ता भएकी लामिछानेको खोजी जारी रहेको छ । घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज लगायत टोलीले संयुक्त रुपमा खोजतलास गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.