
कृष्णसार अनलाइन । बर्दियामा वन्यजन्तुको आक्रमण एकजनाको मृत्यु भएको छ । वन्यजन्तुको आक्रमणबाट राजापुर नगरपालिका, ३ चख्खापुरका ४८ वर्षीय मंगल थारूको मृत्यु भएको हो ।
थारूलाई बिहीबार राति साढे १० बजे वन्यजन्तुले आक्रमण गर्दा घाँटी र गाला चोट लागेको थियो। वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका थारूलाई तत्काल उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।


