Division forest_Ads
Barista_Training

मधुवनमा ६ करोड २३ लाखमा नगरअस्पताल बन्ने

Geruwa GIF

मधुवन । बर्दियाको मधुवन नगरपालिकाले ६ करोड २३ लाखमा निर्माण सम्पन्न गर्ने गरी नगर अस्पतालको शिलन्यास गरेको छ । नगरपालिकाको आफ्नै लगानीमा निर्माण सम्पन्न गर्ने गरी अस्पतालको शिलन्यास गरीएको हो ।

Basgadhi PSA_final

मधुवन नगरपालिकाले वडा नं ४को ढोढरीमा १५ शैयाको नगर अस्पताल निर्माण गर्न लागेको हो । अस्पतालले चिकित्सक सहित अत्यावश्यक सम्पुर्ण सेवाहरु प्रदान गर्ने छ । अस्पतालको निर्माण २ बर्ष भित्र गरीने योजना रहेको छ । अस्पतालको शिलन्यास लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमालले गर्नु भएको छ । शिलन्यास गर्दै मन्त्री शर्माले मधुवनवासीले नगरअस्पताल निर्माण पछि सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपभोग गर्न पाउने बताउँदै अस्पताल निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।


मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसीले कोरोनाकालमा अस्पतालमा बेड नपाएर विरामी छटपटिएको देखेर अस्पताल निर्माण गर्ने साहस आएको बताउनु भयो । उहाँले निर्वाचनमा गरेको प्रतिवद्धता पुरा गरेको बताउँदै कोभिड १९का कारण भने जसरी विकासका कार्य गर्न नसकिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.