Division forest_Ads
Barista_Training

स्थानीय तहमा युवाको सहभागिता सम्बन्धी २१ बुँदे घोषण पत्र जारी

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । स्थानीय तहमा युवाको सहभागिता सम्बन्धी २१ बुँदे घोषण पत्र जारी गरेको छ । युवा लक्षित नेतृत्व विकास तथा स्थानीय तहमा युवा सहभागिता सम्बन्धी युवा युवा भेलाले २१ बुँदे घोषण पत्र जारी गरेको हो । 

ठाकुरबाबा नगरपालिका भएको युवा ३ दिने युवा भेलाले २१ बुँदे घोषण पत्र जारी गर्दै स्थानीय तहले घोषण पत्र अनुसारको बजेट निर्माणको लागि माग गरेका छन् । स्थानीय तहमा हुने विकास प्रक्रियामा युवाहरूको सहभागिता सुनिश्चित गरी विकास निर्माणको योजनाहरूमा युवाहरूको सुनिश्चित हुनुपर्ने ,युवाहरूको नवीनतम सोचाइमा पुरस्कृत गरी उत्पादन मूलक काम गर्ने वातावरण सृजना गर्नुपर्ने, जनप्रतिनिधि  र युवाहरूको बीचमा संवाद तथा  मासिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्ने  लगायतका माग सहित घोषण पत्र जारी  गरिएको हो । 

गुलरिया नगरपालिका उपप्रमुख सावित्री गौतमले युवा तथा विद्यार्थीहरूले टिम बनाएर पालिकासँग बजेट माग गर्नका लागि पालिकासम्म आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ युवा पुस्ताको नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि पालिकाले बजेट व्यवस्थापन गर्दै आएको छ । तर युवाले चाहे अनुसार पर्याप्त बजेट नहुदाँ सबै मागको सुनुवाइ नभएको पनि हुन सक्छ । पालिकामा  बजेट निर्माणको चरण भएको युवाको आवश्यकता अनुसार योजना माग गर्नु होला । ’ 

Basgadhi PSA_final

बारबर्दिया नगरपालिका उपप्रमुख रत्ना कुमारी पाण्डेले बारबर्दिया नगरपालिका युवाको लागि बजेट छुटाएर युवा लक्षित कार्यक्रम गर्दै आएको छौ । आगामी बजेटमा समेत युवा लक्षित कार्यक्रमका गर्ने बताउनु भयो । उहाँले पालिकालाई २०८३ सम्म पालिकालाई बालविवाह मुक्त पालिका घोषण गर्ने तयारी गरिरहेकोले युवा तथा विद्यार्थीहरूको यसमा महत्वपूर्ण भूमिका हुने बताउनु भयो । 

 

त्यसैगरी ठाकुरबाबा नगरपालिका उपप्रमुख बिना भट्टराईले ठाकुरबाबा नगरपालिकाले युवाहरूका लागि लक्षित सीपमूलक कार्यक्रम गर्दे आएको बताउनु भयो । उहाँले युवा पुस्तामा सीप सिक्नेतिर भन्दा पनि जागिरमा बढी आर्कषण भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ युवा  लक्षित पालिकामा धेरै कामका लागि बजेट व्यवस्थापन गरेको छ त्यसका आवद्ध हुन आग्रह गर्छु । 

बबई बहुमुखी क्याम्पसका स्ववियु अध्यक्षले लक्ष्मण भण्डारीले युवा पुस्तामा राजनीतिक वितृष्णा देखा परिरहेको अवस्थामा राजनीतिक नेतृत्वमा रहेका नेताहरूले युवालाई देशमा रोक्ने खालका योजना निती कार्यक्रम ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ देशमा सोचे अनुसारको अवसर नहुदाँ वैदेशिक रुपमा शिक्षा आर्जन जानुपर्ने अवस्था छ । युवालाई आजको आवश्यकता  अनुसारको रोजगारी तथा स्वरोजगार हुने खालको शिक्षा दिन जरुरी  रहेको छ । ’

कार्यक्रममा प्लान इन्टरनेशनलको  आर्थिक र प्राविधिक सहयोगमा बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र,  बिग्रुपको आयोजना र ठाकुरबाबा नगरपालिकाको समन्वयमा कार्यक्रम भएको थियो । कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी , उपाध्यक्ष लक्ष्मी अधिकारी, गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के.सी, मधुवन नगरपालिकाको उपप्रमुख अनिता चौधरी  लगायतको सहभागिता रहेको थियो । 

Leave A Reply

Your email address will not be published.