bardiyahospital

मदन आश्रित स्मृति दिवसको अवसरमा ९ जना पार्टी नेता सम्मानित

Geruwa GIF

बर्दिया । नेकपा एमाले बर्दियाले ३१ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा ९ जना पार्टीका नेताहरूलाई सम्मान गरेको छ । बर्दिया जिल्लामा लगाएत केन्द्रमा पार्टीमा महत्वपूर्ण योगदान दिनुभएका नेताहरूलाई सम्मान गर्दै उहाँहरूले पार्टीमा गर्नुभएको योगदानको उच्च कदर गरिएको छ । 


नेकपा एमाले बर्दियाले पार्टीका केन्द्रिय सल्लाहकार एवं २०४८ सालको निर्वाचित सांसद गोविन्द ज्ञवाली, पार्टीको भेरी अञ्चल कमिटी सचिव, पूर्व भेरी अञ्चल कमिटी सचिव राष्ट्रिय सभामा सांसद रंगनाथ जोशी, तिन कार्यकाल सम्म पार्टी प्रमुख हुनुभएका संविधान सभा सदस्य  एवं २०५१ सालका निर्वाचित सांसद श्याम ढकाल, भेरी अञ्चल तथा प्रदेश कमिटी सदस्य, २०४८ सालका निर्वाचित सांसद खगराज शर्मा, नेकपा एमाले बर्दियाका कार्यवाहक अध्यक्ष समेत हुनुभएका पदनाह गाविस अध्यक्षमा निर्वाचित भइसक्नु भएका पुर्ण शर्मा सम्मानित हुनुभएको छ । 

cld


त्यसैगरी  बर्दिया जिल्ला विकास समिति सभापति हुनुभएका दुई कार्यकाल नेकपा एमाले बर्दियाको नेतृत्व सम्हाल्नु भएका स्वर्गीय दिपबहादुर रानालाई जिविस सभापति दिपबहादुर राना, बर्दियाको कन्द्रा आन्दोलनका अगुवा, थारू समुदायका नेता र २०५१ सालमा निर्वाचित सांसद काशीराम थारू, एक कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका गुलरिया नगरपालिकाका उपमेयर हरि ज्ञवाली, गुलरिया नगरपालिकाका मेयर भइसक्नु भएका नेकपा एमाले बर्दियाका सहसचिव भइसक्नु भएका सिमा अतिक्रमणका विरुद्ध  लड्नु भएका स्व. गोविन्द पाण्डेलाई मरणोपरान्त सम्मान गरिएको छ । 


मदन आश्रित स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो । कार्यक्रम जननेता स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूको तस्वीरमा माल्यार्पण गरी सुरुवात गरिएको थियो । 

 

    कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमालेका केन्द्रिय सदस्य खड्कबहादुर खड्काले  पूर्वजहरूले गरेको योगदानले नेकपा एमाले जनताको पार्टी भएको बताउनु भयो । उहाँहरूको योगदानलाई कदापी बिर्सन नहुने बताउँदै उहाँको विचार र सिद्धान्तलाई सँधै पछ्याउनु पर्ने बताउनु भयो ।  लोकतान्त्रिक पद्धतिबाट भर्खरै बर्दिया जिल्लाको कमिटी निर्माण भएको बताउँदै असफल हुने पक्ष आतिन नहुने र सफल हुने मातिन नहुने बताउनु भयो । सबै मिलेर मिसन ८४ मा लाग्नु पर्ने बताउँदै टिकटको हिसाब किताब गरेर पार्टीमा लागियो भने टिकट त आउला तर जित्न नसकिने बताउनु भयो । 


नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले हामीले अग्रजहरूलाई बिर्सन नहुने बताउनु भएको छ । उहाँले भन्नु भयो –‘उहाँहरूका योगदान, विचार र प्रेरणाका स्रोतलाई बिर्सेमा पार्टीलाई अगाडि लैजान सकिदैन । पार्टी अभियान र आन्दोलनलाई सही दिशामा लैजान आजपनि उहाँको भूमिका अझैपनि महत्वपूर्ण छ । ’  पार्टीलाई वैचारिक र सैद्धान्तिक बहसका साथ अगाडि बढाउने बताउनु भयो । उहाँले हामीले हरेक गाउँ घरमा नेकपा एमालेको विचारलाई पुर्याउन जरुरी रहेको बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.