Division forest_Ads

बाघको आक्रमणबाट एकजनाको मृत्यु

Bidhut Notice
Geruwa GIF

बर्दिया। बाघको आक्रमणबाट बर्दियामा आज एकजनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाउँपालिका–४ राजिपुरका ६२ वर्षिय कालुराम थारुको मृत्यु भएको हो ।

Basgadhi PSA_final

आज दिउँसो घरनजिकै मध्यवर्ती वन क्षेत्रमा बस्तुभाउ चराउन गोठालो गएको बेला पाटे बाघले आक्रमण गरेको हो । दिउँसोको समयमा पाटेबाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मुकुन्द सञ्जेलले जानकारी दिनुभयो ।

बाघले आक्रमण गरेको जानकारी पाउनसाथ नेपाली सेना र निकुञ्जको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । थारुको शव घटनास्थलमै फेला परेको सुचना अधिकारी सञ्जेलले बताउनु भयो ।

बाघको आक्रमणबाट बर्दियामा गत आर्थिक वर्षदेखि अहिलेसम्म १५ जनाको मृत्यु भएकोे निकुञ्ज प्रशासनले जनाएको छ ।
मृत्यु

Leave A Reply

Your email address will not be published.