Division forest_Ads
Edu_Barabardiya

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

Bidhut Notice
Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया ।  बाँसगढी नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका ४ मा रहेको  जनचेतना सामुदायिक वनमा बाघको आक्रमणबाट मनीषा रोकाय मृत्यु भएको प्रहरीले जनाएको छ । 

Basgadhi PSA_final

बाँसगढी नगरपालिका –४  गाउँ नजिकको सामुदायिक वनमा आज दिउँसो २ बजेतिर बाघले  आक्रमण गरेको थियो । बाघको आक्रमणबाट बाँके बैजनाथ गाउँपालिका ८ हस्नापुर गाउँकी ३५ वर्षीया मनिषा रोकायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक  तथा सूचना अधिकारी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

बाँसगढी नगरपालिका ४ मा दिदी कैलाशपति थारूसँग घर तर्फ जाँदै गर्दा वन किनारमा रोकायलाई बाघले आक्रमण गरेको  हो । बाघको आक्रमणबाट महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.