प्रेरणादायी भनाइ । जीवन परिवर्तनका लागि सानो सानो कुरामा पनि विशेष अर्थ राख्दछ । यसै सन्र्दभमा आज १५ उत्कृट प्रेरणादायी भनाईहरु यहाँहरुको माझ ल्याएका छौ ।
१. परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ । – भगवान श्रीकृष्ण
२. हजारौं युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा । – गौतम बुद्ध
३. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । – गौतम बुद्ध
४. आज सम्म अल्छी कलाकारद्वारा कुनै महान् चित्र कोरिएको छैन । – महात्मा गान्धी
५. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन । –मदर टेरेसा
६. पहिले तिमी उज्यालो तर्फ फर्क त्यसपछि छायाँ स्वतः पछि पर्नेछ । – हेलन केलर
७ .शक्ति बढ्दैमा गलत कहिले सत्यमा बदल्न सक्दैन । – रविन्द्रनाथ ठाकुर
८. एउटा अघाएको व्यक्तिले भोको मानिसको आवश्यकता बुझ्न सक्दैन । – काल माक्स
९. बहादुरले आफ्नो इतिहास आफै बनाउँछन् । –काल माक्स
१०. यदि त्यो बाटोमा फेरी फर्कने योजना छैन् भने विगतलाई नहेर । – थोरो
११. यदि हामी स्वतन्त्र छैनौ भने हाम्रो कसैले पनि आदर गर्दैन । – अब्दुल कलाम
१२. भिडबाट बाहिर निस्क । सिंह जस्तै एक्लै उभिने साहस गर । आफ्नो जिन्दगी आफ्नै उज्यालोमा हिड्ने साहस गर । – ओशो रजनिश
१३. आफैँलाई जित्नु हजारौं युद्ध जित्नुभन्दा पनि महानतम विजय हो । दलाई लामा
१४. हिजो भनेको अरु केही होइन् बस आजको स्मृति मात्र हो, भोलि भनेको अरु केही होइन बस आजको सपना मात्र हो । – खलिल जिब्रान
१५. ‘म तिमीलाई बदल्न चाहन्छु’ भन्नु क्रान्ति होइन ‘म बद्लिन चाहन्छु’ यो क्रान्ति हो । – सद्गुरु जग्गी बासुदेव