
बर्दिया । नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा बर्दियाबाट ३ जना समावेश हुनुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएको केन्द्रीय कमिटीमा निवर्तमान केन्द्रीय कमिटी सदस्य लक्ष्मण ज्ञवाली, महिला नेतृ शोभा ज्ञवाली र किसान नेता खड्गबहादुर खड्का एमालेको केन्द्रीय कमिटीमा पर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार राती ३०१ सदस्यीय केन्द्रीय कमिटीको बन्दसत्रमा घोषणा गर्नुभएको थियो ।


