Division forest_Ads
Barista_Training

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना 

Geruwa GIF

काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षा हुनेछ । कोसी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रहेको छ ।

Basgadhi PSA_final

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । भने कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका   एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

Leave A Reply

Your email address will not be published.