Division forest_Ads
Edu_Barabardiya

बस्नेतको बहुरानी सार्वजनिक

Bidhut Notice
Geruwa GIF

काठमाडौँ ।   बहुरानी को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमिला बस्नेतको भएको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको हो ।

Basgadhi PSA_final

 बुहारी भोग्नु परेका  समस्या र  समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरूलाई समेटेर गीत प्रस्तुत गरिएको छ । गीतकार प्रमिला बस्नेतले एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरूले भोग्न पर्ने समस्यालाई गीतको माध्यमबाट प्रस्तुत गर्न  खोजिएको जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, ‘ एउटी बुहारी पनि कसैकी छोरी हो । त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ । ’

गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘ स्माइल ’को सङ्गीतमा हिन्दी गीत ‘बहुरानी’ गीतमा अनु चौधरीको स्वर रहेको छ । भने गीतमा विश्व अधिकारीको एरेन्ज छ ।
म्युजिक भिडियोलाई आकर्षक ढंगबाट खिचिएको छ ।  म्युजिक भिडियोको निर्देशन केशवराज भट्टको रहेको छ । भने भिडियोमा रीमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मि श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बू र दीपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

Leave A Reply

Your email address will not be published.