HPV KHOP
Barista_Training

बर्दिया कांग्रेसको सभापतिमा राठौर विजयी

Geruwa GIF

बर्दिया । नेपाली कांग्रेस बर्दिया जिल्लाको सभापतिमा अरुणप्रकाशसिंह राठौर विजयी हुनभएको छ । मंगलबार बिहान सम्पन्न मतगणनामा राठौरले ८७० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी लुम्बिनी प्रदेश सांसद भुवनेश्वर चौधरीले ६७८ मत प्राप्त गर्नुभयो ।

Basgadhi PSA_final

कुल एक हजार छ सय २५ मतदातामध्ये एक हजार पाँच सय ७८ मत खसेको थियो । विजयी राठौर यसअघि दुई कार्यकाल सभापति भैसक्नु भएको छ । राठौरसंग पराजित हुनुभएका चौधरी नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सांसद हुनुहुन्छ ।

देउवा पक्षीय राठौर र पौडेल पक्षीय चौधरी दुवैले छुट्टाछुट्टै प्यानल नै बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा उपसभापति, सचिव, उपसचिव पूरै प्यानल नै सभापति राठौर पक्ष विजयी भएको छ ।

उपसभापतिमा गोविन्दप्रसाद थारु (८६०) र सोधे विष्ट (८५९), सचिवमा जग्गाप्रसाद पाण्डे (८२९) र मीनराज चौधरी (८४७) र सहसचिवमा तिलकराम लम्साल (९५३) र मेकबहादुर गुरुङ (८९२) मत सहित निर्वाचित हुनुभएको छ ।

 

Leave A Reply

Your email address will not be published.