bardiyahospital

गजल

हुबहु तिमी जस्तै फेरि एउटा सुनामी आयो

Geruwa GIF

_प्रकाश पौडेल

 जिन्दगी यात्रा हो यात्राको रहर पुगेको छैन ।

cld

बारम्बार भन्नु हुन्छ त्यो अवसर पुगेको छैन ।।

 

मलाई अचानो बनाएर यो मुटुमा प्रहार गर्न

के तिम्रो हातमा अझै खन्जर पुगेको छैन ।।

 

मैले असंख्य पुतली रमेको देखेर आएको हुँ

लाग्छ त्यो ठाँउमा मान्छेको नजर पुगेको छैन ।।

 

हुबहु तिमी जस्तै फेरि एउटा सुनामी आयो

घरबार बिग्रियो  अरु खासै असर पुगेको छैन ।।

 

मलाई तिम्रो मन्द मुस्कान बहुत मन पर्छ

सायद यो तिमीसँग मेरो खबर पुगेको छैन ।।

 

ए महासय सागरमा केवल पानी पुगेको हो

सागरमा नदि पुगेको छैन बगर पुगेको छैन ।।

 

कृपया तपाईंले देखेको भए पनि भन्नु होस

प्रकाशले चाहिँ स्वर्ग जाने डगर पुगेको छैन ।।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.