Division forest_Ads
Barista_Training

एक घर, दश कफीको बिरुवा अभियान सञ्चालन हुने

Geruwa GIF

कृष्णसार अनलाइन, तनहुँ । एक घर, दश कफीको बिरुवा रोप्ने अभियान सञ्चालन गर्न लागिएको छ । तनहुँको शुक्ला गण्डकी नगरपालिका –१० वडा कार्यालयले ‘ एक घर, दश कफीको बिरुवा ’ अभियान सञ्चालन गर्न लागेको हो । 

पछिल्लो समयमा बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएका छ । जसले गर्दा उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको छ । बाँझो जमिनबाट पनि आम्दानी तथा किसानलाई कफी खेती तर्फ प्रोत्साहन गर्न एक घर, दश कफीको बिरुवा रोप्ने अभियान ल्याएको वडा कार्यालयले जनाएको छ ।  

कफी खेतबाट राम्रो आम्दानी हुने तथा बजारमा कफीको माग बढ्दै गएकोले खेतीबाट किसानले राम्रै आयआर्जनमा गर्न सक्छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको छ ।

Basgadhi PSA_final

युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले बताउनु भयो ।

 उहाँले भन्नुभयो, ‘स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यधिक माग भएको र बाँदर लगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसान व्यावसायिक रुपमा कफी खेती गर्न इच्छुक देखिनु भएको छ ’

उहाँले कफीको बिरुवा ५० प्रतिशत अनुदानमा  उपलब्ध गरिनु साथै किसानलाई प्रविधि सहयोग तथा  बजारीकरणको  लागि कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय  र सहकार्य गरिने जानकारी दिनुभयो । 

 एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो ।

Leave A Reply

Your email address will not be published.