![Barista_Training](https://krishnasaronline.com/wp-content/uploads/2024/08/Barista-Training.jpg)
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा जेठ ३१ सम्म तातो हावा चल्ने
तातो लहरबाट बच्न सुरक्षित रहन चिकित्सकको सुझाव
![Geruwa GIF](https://krishnasaronline.com/wp-content/uploads/2024/05/Geruwa-1.gif)
कृष्णसार अनलाइन, गुलरिया । नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा अत्यधिक गर्मी हुने भएको छ । लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ, कपिलवस्तु रूपन्देही र सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरमा अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना छ । त्यसकारण जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने भएकोले सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
![Basgadhi PSA_final](https://krishnasaronline.com/wp-content/uploads/2024/01/Bansgadi-PSA_Final.jpg)
तातो लहरबाट बच्न सुरक्षित रहन चिकित्सकको सुझाव
बर्दिया अस्पतालका गुलरियाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभास पाण्डेयले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा बस्न पर्ने बताउनु भयो । उहाँले शरीरमा पानीको मात्रा कम हुन नदिन बेला बेला पानी पिउने कालो चियो पिउने फलफूल खानुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ गर्मीका कारण खुट्टा फर्किने तथा बाउँडिने लगायतका समस्या हुन्छ, त्यस्तो नहोस् भनका लागि केरा लगायतका फलफूल जसमा पोटासियम लगायतका तत्व पाइन्छ त्यस्तो फलफूल खानुपर्ने हुन्छ । ’ उहाँले दैनिक ४÷५ लिटर पानी पिउनु पर्नेमा जोडदिनु भयो । साथै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव उपचारमा गर्न पर्ने बताउनु भयो ।
महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा बढी गर्मी छ । विगत केही दिनदेखि तराइको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पनि मापन गरिएको छ ।
महाशाखाले आज जारी गरेको विशेष बुलेटिनमा लेखिएअनुसार जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको उल्लेख छ ।