Division forest_Ads
Edu_Barabardiya

नेपाल आइडलमा परियारलाई जिताउन बर्दियामा अभियान

Bidhut Notice
Geruwa GIF

कृष्णसार  अनलाइन , गुलरिया ।  करण परियारलाई जिताउनका लागि बर्दियामा  अभियान सञ्चालन गरिएको छ । नेपाल आइडलको सिजन पाँचको टप ६ मा पर्न परियारलाई जिताउन ‘करण परियार जिताउ अभियान’ सञ्चालन गरिएको हो ।

बारबर्दिया नगरपालिका परियार नेपाल  आइडलको मञ्चमा  सँगी, डुब्दै छु तिम्रो यादमा गीत  गाएर  आइडल छनौट भएका  थिए । परियारले आइडलको मञ्चमा आफ्ना उत्कृष्ट प्रस्तुति दिँदै आउनु भएको छ । परियार नेपालमा जिताउनका लागि बर्दियाका सामाजिक अभियन्ता राजनीतिक नेताहरू जनप्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारी,  किसान र युवा तथा  विद्यार्थीहरूले भोट हाल्दै आउनु भएको छ । 

Basgadhi PSA_final

बारबर्दिया नगरपालिका सामाजिक अभियन्ता बल बहादुर परियारले  स्थानीय बुद्धिजीवी , सामाजिक अगुवा, नेताहरू युवा तथा विद्यार्थीहरूका प्रयासमा परियारलाई जिताउन लागि  अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “ उहाँ  भन्नुभयो, “ एउटा सामान्य  परिवार युवा नेपाल  आइडल  टप  ६ मा पर्न  सफल भनु भएको छ ।  सुमधुर स्वरका  धनी  करणलाई जिताउनमा लागि देश विदेश रहनु भएको नेपालीलाई अनुरोध गरेका छौ । साथै करण बर्दियाको भएकोले पनि  बर्दियालीलाई अझै विशेष अपिल गरेका छौ । परियारलाई जिताउन बर्दियाका विभिन्न ठाउँका गएर  भोट मागिरहेका  छौ । आशा छ  करणलाई  बर्दियाले माया  गरेर  भोट  हाल्नु  हुनेछ । ’

करण परियारलाई भोट गर्न इ–सेवा, प्रभु पे, मोमो एपको प्रयोग गर्न सकिने  तथा एस एम एस मार्फत पनि भोट गर्न सकिने बारबर्दियाका शकर  थारूले बताउनु भयो । उहाँले तथा एस एम एस मार्फत गर्न ३७००० मा गएर ०३ टाइप गरेर सेन्ट गर्न गर्न सकिने बताउनु भयो । साथै उहाँले भन्नुभयो , ‘  करन परियार जिताउ अभियानमा करन परियार भाइलाई भोट गरेर महत्त्वपूर्ण सहयोग गर्नु हुने सबै प्रति हार्दिक आभारी छु । करण भाइ साथ सहयोग माया गरिदिन हुन अनुरोध गर्दछु ।  करणलाई बुधबार राती १२ बजेसम्म भोट गर्न सकिने छ । ’

Leave A Reply

Your email address will not be published.