Division forest_Ads

सङ्खुवासभामा पहिरोमा पुरिएर बर्दियाका गंगारामको मृत्यु 

Bidhut Notice
Geruwa GIF

कृष्णसार अनलाइन । सङ्खुवासभा गएको पहिरोमा पुरिएर बारबर्दिया – ४ घोरपिट्टाका गंगाराम थारूको मृत्यु भएको छ । सङ्खुवासभा चिचिला गाउँपालिका -३ सोलाखानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्न गएका थारूको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Basgadhi PSA_final

अरूण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ‘अडिट थ्री’ मा काम गर्न गएका कामदारहरू मंगलबार राती गएको पहिरो परेका थिए । रातको समयको पहिरो आएको हुनाले घाइते तथा मृतक सुतेकै अवस्थामा भएकोले थाहा नपाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 

निर्माण स्थलमा कामदारका लागि निर्माण भएका १४ वटा कोठामध्ये ३ वटा पहिरोले बगाएको छ । पहिरोमा परी मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् ।

Leave A Reply

Your email address will not be published.