![Barista_Training](https://krishnasaronline.com/wp-content/uploads/2024/08/Barista-Training.jpg)
![Geruwa GIF](https://krishnasaronline.com/wp-content/uploads/2024/05/Geruwa-1.gif)
प्रकाश पौडेल , गुलरिया । विश्व रक्तदाता दिवसको अवसरमा बारबर्दियामा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जयनगर शाखा र सिकलसेल एनिमिया सोसाइटी नेपालगन्जको आयोजना रक्तदान कार्यक्रम गरिएको हो ।
बर्दिया अस्पतालमा उपचार गर्न आउने सिकललेल, एनिमिया, थालेसेमिया, मृगौला रोग, गर्भवती लगायतका बिरामीहरूलाई रगतको आवश्यकता हुने गर्दछ । रक्त भण्डारण केन्द्रमा रगत भएपनि सोधभर्ना व्यवस्था रहेको छ । जसका कारण रगत सोधभर्ना गर्न नसक्नेहरूले रगतका निम्ति धेरैसँग अनुनय विनय गर्नुपर्ने बाध्यता रहेको छ ।
![Basgadhi PSA_final](https://krishnasaronline.com/wp-content/uploads/2024/01/Bansgadi-PSA_Final.jpg)
उपचारका लागि आएका बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन नदिन यस्ता कार्यक्रम प्रभावकारी हुने गरेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ( KIOCH ) पेन पल्स परियोजना, बर्दिया अस्पतालका फिल्ड अधिकृत सुरज सुजन बोहराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ ) पेन पल्स परियोजना अन्तर्गत सिकलसेल एनिमिया जस्ता रोगका बिरामीको उपचारको हुने गरेको छ । तर बिरामी भएर आएका बिरामीका परिवारलाई रगत खोज्न समस्या हुने भएकोले KIOCH ले रक्तदान कार्यक्रममा सहयोग गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी बारबर्दियाका उपकोषाध्यक्ष एवम् नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला सदस्य शंकर थारूले रक्तदान जीवनदानसँग जोडिएको विषयबस्तु भएकोले सबैलाई रक्तदान गर्न अपिल गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ रगतको अभावमा कयौँले पनि जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो । बर्दिया जिल्लामा पछिल्लो समयमा रगतको आवश्यकता बढ्दै गएको छ । तर माग अनुसार रगत नहुदाँ बिरामीका परिवारले विभिन्न समस्या भोग्दै आएका छन् । ’
बिमारी लिएर गएको परिवारका सदस्यलाई सजिलोसँग रगत उपलब्ध गर्न सकियोस् भनेर विभिन्न समय रक्तदान कार्यक्रम आयोजना गर्ने गरिएको नेपाल रेडक्रस सोसाइटी बारबर्दियाका उपकोषाध्यक्ष एवम् नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला सदस्य थारूले बताउनु भयो ।
रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।