Krishnasar_Dubble Ad
Barista_Training

गेरुवामा चट्याङ्ग लागेर मृत्यु

Geruwa GIF
Basgadhi PSA_final

पुस्कर काफ्ले, गेरुवा । बर्दियाकाे गेरुवामा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं ३ गणेशपुर बस्ने २६ बर्षिय रोहीत थारू रहेका छन् ।
मृतक थारू धान रोप्नका लागि खेत जोतिरहेको अवस्थामा पानी परेपछि सिमलको रुख मुनी ओत लागेका थिए । सोही समयमा उनी माथी चट्याङ्ग परेको थियो । चट्याङ्ग लागेर घाईते भएका उनलाई तत्काल आफन्तीले एम्बुलेन्स बोलाएर राजापुर प्रथामिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । अस्पताल पुर्याएको केही समय मै डाक्टरले थारूलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक राजेन्द्र बहादुर केसीले बताउनु भयो ।

उहाँका अनुसार विहान करिब ७ः३० बजे सिमलका रुखमुनी बसेका थारूलाई एक्कासी चट्याङ्ग लागेर बाँया तर्फका कपडा र शरिर जलेको पाईएको बताउनु भयो ।
चट्याङ्ग लाग्दा उनका बुवा र काका खेतमा सँगै काम गरीरहेका थिए । सामान्य परिवारका मृतक थारुकाे परिवार उनी माथी नै आश्रीत थियाे । राेहितकाे मृत्यु पश्चात उनकाे परिवार भावविव्हल बनेकाे छ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page