_अन्जु स्मारिका
अहंकार गरेर नै जीवन सखाप हुन सक्छ ।
यो मन हो हजुर मनको मिलाप हुन सक्छ ।।
जति पाईला हिड्छु त्यति याद आउछौँ
सायद मेरो पाउ तिम्रै पदचाप हुन सक्छ।।
उनि बिहे गरेर गईन तिमी रोईरहेछौ किन
बाध्यता हुनसक्छ कुनै करकाप हुन सक्छ ।।
म मान्छु रिसको बेलामा बेद पढ्दैन कोहि
बोल्दा होस नपुराएँ पश्चाताप हुन सक्छ ।।
म धर्मात्मी होइन म बुद्दिमानी पनि होइन
म बाट भुल हुनसक्छ कुनै पाप हुन सक्छ१