Division forest_Ads
Barista_Training

नदीमा पुल नहुदाँ, ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता 

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बाँसगढीमा रहेको श्री जीवन ज्योति माध्यामिक विद्यालय कक्षा १० मा पढ्ने   डिल्लीजङ्ग शाहीले नदीको सतह बढेर नदी पार गर्न नसक्दा कयौँ पटक विद्यालय समयमा जान नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ घटे खोलामा पुल नभएको कारण नदी वारपार गर्दा ज्यान जोखिम राखेर हिँड्नु पर्ने बाध्यता रहेको छ । कुनै यस्तो दिन छैन, होला जुत्ता लगाए  नदी  वारपार गर्दा गरिएको छ । नदी तदा सधैँ खाली खुट्टा  तर्नु पर्छ । भने नदीमा पानीको सतह बढ्दा लगाएको कपडा खोल्नु पर्छ, वा पानीमा भिज्दै तर्नु पर्छ । कसले बुभ्‍न होला विद्यार्थीहरूको समस्या, हाम्रो समस्या जस्ताको त्यस्तै छ । ’

बासगढी नगरपालिका – २ राझामा रहेको घटे खोलामा पुल नहुदाँ विद्यार्थीहरूलाई समस्या हुने गरेको छ । नदीमा पानीको सतह बढेसँगै विद्यार्थीलाई आउजाउ गर्न समस्या हुदाँ विद्यार्थीको पठनपाठनमा समेत असर परेको छ ।

शाही आफ्नो भन्दा पनि साना भाइबहिनीको चिन्ताले अलिबढी चिन्तित हुने गर्नु भएको छ ।  उहाँले वर्षौ देखि नदीमा वारपार गर्दा पानीको बेग अनुसार पनि नदी  तर्न सकिने नसकिने अनुमान गर्नु हुन्छ ।  उहाँले भन्नुभयो, ‘ ठुलो कक्षामा पढ्ने विद्यार्थीहरू जसोतसो नदी वारपार गरेर विद्यालय आउनेजाने गर्नु हुन्छ । तर साना कक्षामा पढ्ने भाइबहिनीहरूलाई नदी तर्न निकै कष्ट हुने गरेको छ ।  जुन घरमा विद्यालय जाने विद्यार्थीहरू छन् , त्यो घरका अभिभावक आफ्नो छोराछोरा  बिहान बेलुवा नदीमा लिन आउनु हुन्छ । कुनै दिन छिटो विद्यालयमा छुटि भएमा विद्यार्थीहरूले नदी तार्न अभिभावक कुर्ने बाहेक अन्य विकल्प छैन् ।’

शाहीले विद्यालय जादा भोगेका कयौँ कष्टकर यात्रालाई पनि रमाइलो शैलीमा भन्नुहुन्छ । कयौँ पटक नदी तर्न नसकेर घर फकिएको अनुभव देखि कयौ अनुभव छ उहाँसँग । उहाँ भन्नुहुन्छ, विद्यालय  पुग्दा समय भन्दा ढिलो पुगिएको पनि छ । भने कयौँ पटक आफूले लगाएको भिजेको पोशाक लगाएर विद्यालयमा सुकाएको पनि छु । भने कयौ पटक झोलामा बोकेका किताब भिजेका पनि छन् । जिन्दगीको यो पनि रमाइलो सिकाइ रहेका छ । ’

पुल निर्माण हुन्छ , भन्ने सुनेको पनि वर्षौ भयो 

Basgadhi PSA_final

चुरे पर्वतबाट मध्यवर्ती क्षेत्र हुँदै आउने घटे खोलामा पुुल निर्माण हुन्छ , भन्ने सुनेको पनि वर्षौ भयो । कर्यौ माटो परिक्षण भएर अब टेन्डर हुन्छ, काम छिटै सुरु हुन्छ भन्ने सुनेको स्थानीय गोपाल वलीले बताउनु हुन्छ । उहाँले  भन्नुभयो , ‘ नेताहरू आएर आएर रातो किताबमा पुल परेको छ । अब छिटै नदीमा पुल निर्माणको काम सुरु हुन्छ, भन्नुहुन्छ ।  तर अहिलेसम्म पुल बन्न सकेको छैन् । पुल नहुदाँ हाम्रो समस्या जस्ताको त्यस्तै छ ।’


नदीमा पुल नभएको बारेमा सबैलाई जानकारी छ , तर कहीँबाट पहल भएको जस्तो नदेखिएको गोपाल वली बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘ दैनिक एक सय ५० भन्दा बढी विद्यार्थीहरू  बिरामीहरु, र स्थानीयहरु त्यही नदी तरेर जानु पर्छ । ठुला मान्छेहरु जसोतसो नदी तर्न हुन्छ । तर साना  बालबालिका  विरामीहरुलाई नदी तारेर लाने भन्ने चिन्ताले सताइरहन्छ । विद्यालय छुटि भएपछि बालबालिकालाई लिन जानै पर्ने बाध्यता रहेको छ । ’
 किताब कापी भिजेर नष्ट कुने गरेको छ – प्रधानाध्यापक गैरे

जीवन ज्योती माध्यामिक विद्यालय प्रधानाध्यापक भेषराज गैरेले  पानीमो सतह बढेको दिन  विद्यालय आएका विद्यार्थीहरूको लुगा, झोला किताब लगायत शैक्षिक साम्रागी भिजेको  हुने गरेको बताउनु भयो ।  उहाँले भन्नुभयो , ‘ विद्यालयमा तीन सय ३५ जना विद्यार्थीहरू रहेको छन् । जस मध्ये करिब आधा विद्यार्थीहरू नदी तरेर आउनु पर्छ । नदी तरेर आउदाँ कयौँ विद्यार्थीको किताब पढ्न नमिल्ने गरेर भिजेर पनि गल्ने गरेको छ । जसले गर्दा विद्यालयले पनि पुराना किताबहरु संकलन गरेर राख्नुपर्ने बाध्यता रहेको छ । जुन विद्यार्थीको किताब भिजेर नष्ट हुन्छ, ती विद्यार्थीलाई भएसम्म विद्यालयले पुरानो किताब दिने गरेको छ । ’
विद्यालयमा पढाउने मध्ये ६ जना शिक्षक पनि दैनिक नदी तरेर आउने गरेको विद्यालयमा प्रधानाध्यापक भेषराज गैरेले जानकारी दिनुभयो । उहाँले पुल अति आश्यक भएकोले पुल निर्माणका लागि सरोकारवाला निकायले पहल गर्नु आग्रह गर्नुभयो ।

नगर प्रमुख खड्का पालिकाको बजेटले पुल निर्माण गर्न पुग्दैन् 

बासगढी नगरपालिका नगरप्रमुख खड्क बहादुर खड्काले पालिकाले प्रदेश सरकार र केन्द्र सरकारसँग पहिला प्राथमिकता घटे खोलालाई राखी माग गरिएको बताउनु भयो । उहाँले पालिकासँग भएको स्रोत साधनले घटे खोलामा पुल बनाउन पुग्दैन् , त्यहीँ प्रदेश सरकार र केन्द्र सरकारसँग पुलको लागि बजेट व्यवस्थापन गरी दिन आग्रह गर्दा समेत सुनुवाई नभएको बताउनु भयो । उहाँले पुल निर्माणको लागि पटक पटक डिपिआर र  माटो परिक्षण भए पनि बजेट नपरेको जानकारी दिनुभयो । 

 पुल नभएको बारेमा आफूलाई जानकारी छैन –मन्त्री चौधरी 


लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार योजना तथा यातायात्र मन्त्री धर्म बहादुर चौधरीले बासगढी नगरपालिकामा रहेको घटे खोलामा पुल नभएको बारेमा आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले मन्त्रालयमा डिपिआर भएर आएका योजनाका लागि बजेट व्यवस्थापन गरिएको मन्त्री चौधरीले बताउनु भयो ।
उहाँले बर्दियामा पहिलाको तुलनामा  धेरै योजनाहरुको लागि बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले यस वर्ष बर्दियाका पर्यटकीय सडकहरु बढैयाताल माग, कृष्णसार मार्ग, सत्तखलुवा मार्ग लगायत पयर्टकीय बाटोमा प्राथमिकता राखेर काम गरिएको छ । 

नदीमा पुल नहुदाँ विद्यार्थी ज्येष्ठ नागरिक, साना बालबालिका, बिरामी अपाङले वर्षेनी समस्या भोग्नु परेको छ ।  आफरुहरुले भोग्दै  आएका समस्याका समाधान कहिले हुन्छ , भन्ने चिन्ताले चिन्तित बनेको स्थानीयका समस्या कहिले समाधान हुने हो भने बारेमा अन्योलता अझै कायम रहेको छ ।

Leave A Reply

Your email address will not be published.