प्रकाश पौडेल, गुलरिया । कृष्णसार विश्वमै लोप हुन लागेको संरक्षित वन्यजन्तु हो । कृष्णसारको प्राकृतिक बासस्थान बर्दिया जिल्लाको गुलरिया नगरपालिका –२ खैरापुर हो ।
खुल्ला चौरमा बस्न रुचाउने कृष्णसार दुर्लभ र सौन्दर्य पूर्ण शरीर भएको संरक्षित वन्यजन्तु हो । कृष्णसारको मुख्य आहारा घाँस, दुबो, सिरु, काँस आली हो । कृष्णसारको आकर्षक लामो घुमेको सिंग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिन्छ । बाघ, चितुवा, कुकुर, स्याल, सजिलै मारेर खाने भएकोले कृष्णसारको सङ्ख्यामा घटबढ भइरहन्छ ।
हिन्दु धर्ममा अनुसार कृष्णसारलाई भगवान श्रीकृष्णको साथीको रूपमा पनि लिइन्छ । भगवान श्रीकृष्णका हिड्ने क्रममा केही कृष्णसार यहाँ बसेको स्थानहरूको अनुमान रहेको छ ।
एक सय ९७ सयमा रहेको कृष्णसारले २७ वटा बच्चा जन्माएपछि कृष्णसारको सङ्ख्या बढेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत सूर्य खड्काले बताउनु भयो । उहाँले कृष्णसार संरक्षण क्षेत्रमा अहिले एक सय ३६ पोथी, ४४ भाले, ४४ बच्चा रहेको जानकारी दिनुभयो ।
सरकारले लोप हुने अवस्थामा पुगेको कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । र कृष्णसारको संरक्षणमा ध्यान दिन थालेको छ । बाँके, बर्दिया र कैलालीमा २००८ सालतिर कृष्णसार प्रशस्त पाइने कृष्णसार पछिल्लो वर्ष लोप हुने अवस्थामा पुगेको थियो ।
प्राकृतिक बासस्थान खैरापुर भएपनि कृष्णसार संरक्षणको लागि शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज, र चितवन राष्ट्रिय निकुञ्जमा कृष्णसारको राखेर संरक्षण थालिएको छ ।