कृष्णसार अनलाइन । प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्य मन्त्रिपरिषद्मा बिस्तार गर्नु भएको छ । प्रधानमन्त्री ओलीको १२ जना पुराना र ९ जना नयाँ सहितको मन्त्रिपरिषद्मा विस्तार गर्नु भएको हो ।
दुई उपप्रधानमन्त्री, दुई महिला मन्त्री
ओली नेतृत्वको यो मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री रहने भएका छन् । काङ्ग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटक मन्त्री भएका व्यक्ति हुन् ।
त्यसैगरी ओलीको यो मन्त्री परिषदमा दुईजना महिला मन्त्री रहने भएका छन् । काङ्ग्रेसबाट आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । एमालेबाट विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी छन् । दुवै जना पहिलोपटक मन्त्री बनेका हुन् । राणा प्रतिनिधिसभामा समानुपातिकबाट सांसद हुन भने भट्टराई कास्की २ बाट निर्वाचित सांसद हुन् । भट्टराई पूर्व उपप्राध्यापक समेत हुन् ।
कसले कुन मन्त्रालयको जिम्मेवारी प्राप्त गर्यो
काङ्ग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ सरकारमा काङ्ग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बनेका छन् । तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बनेका छन् ।कङ्ग्रेसको शेखर कोइरालाबाट स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाएका छन् ।
एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बनेका छन् । मधेशबाट राजकुमार गुप्तालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राई रक्षामन्त्री बनेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बनेका छन् । भण्डारी र अधिकारी उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए ।त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री बनेका छन् । त्यस्तै जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् ।
९ जना पहिलोपटक मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नु भएको मन्त्री मण्डलमा पहिलो पटक मन्त्री हुने ९ जना रहेका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी का आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, रामनाथ अधिकारी र ऐनबहादुर शाही काङ्ग्रेसबाट मन्त्री बनेका मन्त्री हुनु भएको छ ।
एमाले पहिलो पटक मन्त्री हुनेमा स्वर्गीय रविन्द्र अधिकारीको पत्नी विद्या भट्टराई, देवेन्द्र दाहाल, मानवीर राई र राजकुमार गुप्ता पहिलोपटक मन्त्री हुनु भएको छ ।