bardiyahospital

 पुष्पलाल श्रेष्ठको विचार र सिद्धान्तले गणतन्त्र आएको हो : पूर्वमन्त्री अर्याल

Geruwa GIF

यज्ञप्रसाद सापकोटा,बर्दिया। नेकपा एमालेकी सचिव तथा भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्व मन्त्री पद्मा अर्यालले स्व. पुष्पलाल श्रेष्ठको विचार र सिद्धान्तले गर्दा गणतन्त्र आएको बताउनु भएको छ  । उहाँले   स्व श्रेष्ठ हाम्रो माझ नभएपनि उनको विचार सिद्धान्त हाम्रो माझ भएको कारणले सबै पार्टी मिलेर संयुक्त जनआन्दोलन गरी गणतन्त्र आएको बताउनु भयो । 


नेकपा एमाले बर्दियाले आयोजना गरेको ४६ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आजको परिस्थितिमा पुष्पलाल श्रेष्ठको विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा सचिव तथा पूर्वमन्त्री अर्यालले सो कुरा बताउनु भएको हो । उहाँले पुष्पलाल श्रेष्ठको विचार ४६ वर्ष पछि पनि अझै प्रभावकारी र समय सान्दर्भिक रहेको बताउनु भयो  । ‘२००६ सालमा उहाँले प्रतिपादन गरेको विचारलाई सम्मान गर्दै नेकपा एमालेले सबै कम्युनिष्टहरूलाई एकीकृत गर्दै लैजानु पर्छ ।’ उहाँले भन्नु भयो –‘ यदि पार्टी एकीकृत नभएका कम्युनिष्ट विचारधाराका सबै जनतालाई एमालेमा समेट्ने योजना रहेकोे छ ।’  

cld


गोष्‍ठीको सिलसिलामा बर्दिया पुग्नु भएको सचिव एवं पूर्व मन्त्री अर्यालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा उहाँको फोटोमा माल्यार्पण गर्दै वृक्षारोपण समेत गरेकी छन् । पुष्पलालको स्मृतिमा  धूपीको बिरुवा रोपिएको थियो ।
विचार गोष्ठीमा नेकपा एमालेका नेता एवं संविधान सभा सदस्य श्याम ढकाल, नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव लिला राना, अग्रज पत्रकार तथा प्राध्यापक राजेन्द्र प्रसाद धिताल लगाएतका सहभागीहरूले पुष्पलाल श्रेष्ठको विचारको बारेमा आफ्ना भनाई राख्नु भएको थियो ।
नेकपा एमालेका संघ,  प्रदेश र जिल्लाका नेताहरू, जिल्ला समन्वय समिति प्रमुख, राजनीतिक दल, नागरिक समाज, पत्रकार, नेकपा एमालेका कार्यकर्ता लगाएतकाको उपस्थिति रहेको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.