bardiyahospital

 नदीले बगाउँदा एक महिला बेपत्ता 

Geruwa GIF

 गुलरिया ।  मानखोलाले बगाउँदा एक महिला बेपत्ता जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । बासगढी नगरपालिका –३ की माहादेवाकी ३५ वर्षीया पार्वती थारूलाई खोलाले बगाएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो ।


नदीले बगाएर ल्याएको दाउरा निकाल्न जादा दिउँसो १२ बजे पार्वती थारू र उहाँको पति ४० वर्षीय जागु थारूलाई मान खोलाले बगाएको थियो । जागु थारूको प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेका थिए । भने पार्वती थारूलाई खोलाले बगाएको थियो ।

cld


जागु थारूलाई सकुशल उद्धार गरी थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । भने बेपत्ता थारूको खोजतलास भइरहेको जिल्ला प्रशासन कार्यालय बर्दिया सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले जानकारी दिनुभयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.