bardiyahospital

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट दुई सय १० जना लैङ्गिक हिंसा पीडितले पाए सेवा

Geruwa GIF

 प्रकाश पौडेल , गुलरिया । बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी ) मा पीडितको पहुँच बढ्दै गएको छ । एक वर्षमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले लैङ्गिक हिंसामा परेका २ सय १० जना पीडितहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी ) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना, बालविवाह, मानव ओसार पसार, घरेलु हिंसा लगायतको मानव अधिकार उल्लङ्घनका घटनामा परी शारीरिक, मानसिक तथा सामाजिक यातना भोगेकालाई सहयोग गर्ने उद्देश्यले यसको स्थापना भएको हो ।

cld

आर्थिक वर्ष २०८०/८१ लैङ्गिक हिंसामा परेका २ सय १० जना स्वास्थ्य उपचार, मानसिक एवम् मनोसामाजिक परामर्श दिइएको थिए भने आर्थिक वर्ष २०७९/८० मा २ सय ८९ जनाले सेवा लिएको बर्दिया अस्पताल, गुलरियाका मेडिकल रेकर्ड एवम् सूचना अधिकारी केशव न्यौपानेले जानकारी दिनुभयो । उहाँले अस्पतालमा आएको पीडितहरूको तथ्याङ्क अनुसार लैङ्गिक हिंसामा सबैभन्दा बढी गुलरिया नगरपालिका र सबैभन्दा कम बाँसगढी नगरपालिकाबाट पीडित भएको बताउनु भयो । साथै उहाँले सबैभन्दा बढी १९ देखि ४९ वर्षका र सबैभन्दा कम ५० वर्ष माथिका पीडित हुने गरको जानकारी दिनुभयो ।

लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हिंसा पीडितहरूलाई उपचारको साथै उचित व्यवस्थापन गरी लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको हो । लैङ्गिक हिंसामा परेका महिलाहरू माथि हुने बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा लगायत अन्य सङ्कटमा रहेकालाई उद्धार र उपचार व्यवस्थापन, पुर्नस्थापनाको काम एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले गर्दै आएको केन्द्रको स्रोत व्यक्ति एवम् बर्दिया अस्पतालको नसिङ निरीक्षक सपना बाठामगरले बताउनु भयो । उहाँले लैङ्गिक हिंसा महिला, बालबालिकाहरूलाई सुरक्षा, स्वास्थ्योपचार, मानसिक एवम् मनोसामाजिक परामर्श ,कानुनी उपचार, आश्रय, पुनर्स्थापना कामहरू सञ्चालन गर्ने पीडितहरूको पहिचान गोप्य राख्ने काम केन्द्रले गर्दै आएको बताउनु भयो । उहाँले सङ्कट व्यवस्थापन केन्द्रमा पीडितहरू सबैभन्दा धेरै आफै आउने गरेको, त्यसपछि प्रहरी र नागरिक समाज मार्फत आउने गरेको बताउनु भयो ।

नेपाल सरकारद्वारा लैङ्गिक हिंसा पीडितहरूलाई सम्बन्धित सबै कार्यालयहरूको सहयोगमा आवश्यक सबै सेवाहरू पूर्ण रूपले निःशुल्क उपलब्ध गराउन स्थापना भएको केन्द्र हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.