Division forest_Ads
Barista_Training

बर्दिया अस्पताल न्युनतम सेवा मापदण्डमा ८६ अंक प्राप्त

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको सदरमुकाम गुलरियामा रहेको बर्दिया अस्पतालले न्युनतम सेवा मापदण्ड सर्वेक्षणमा ८६ अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको सर्वेक्षणमा उत्कृष्ट अंक प्राप्त गरेको हो ।

बर्दिया अस्पताल विगत् दुई बर्षमा लुम्बिनी प्रदेशका १३ ओटा अस्पतालहरु मध्ये सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको थियो । यसबर्ष पनि बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा सर्वोत्कृष्ट अस्पताल हुने अनुमान गरीएको छ ।

Basgadhi PSA_final

अस्पतालले सेवाग्राहीलाई सेवा दिनको लागि तोकिएको आवश्यक व्यवस्थापन छ कि छैन भनेर न्युनतम सेवा मापदण्डको सर्वेक्षण गर्ने गरीन्छ । सर्वेक्षणमा ओपिडि, इन्डोर, इमरजेन्सी, ल्याव, अस्पताल फारमेसी, अस्पताल प्रशासन, अस्तालको भौतिक अवस्था र आर्थिक पारदर्शितालाई समेत समेट्ने गरीन्छ ५० शैयाको अस्ताल रहेको बर्दिया अस्पतालमा उपलब्ध स्रोत साधन, जनशक्ती र व्यवस्थापनलाई अध्ययन गर्दा एक सय पुर्णाङ्कमा ८६ अंक ल्याएको हो ।

न्युनतम सेवा मापदण्ड सर्वेक्षणका प्रमुख स्रोत व्यक्ती डा.निरञ्जन पन्तले जनशक्ती अभाव भएपनि अस्पतालले सेवाग्राहीलाई पर्याप्त सेवा दिइरहेको बताउनु भयो । उहाँले सेवाग्राहीलाई सेवा दिनका लागि अस्पतालको तत्परता पर्याप्त भएको र सोही अनुसार सेवाग्राही पनि बढ्दै गएको हुनाले न्युनतम सेवा मापदण्डमा पर्याप्त नम्बर प्राप्त गरेको बताउनु भयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता रोशनलाल चौधरीले विगत् तिन बर्ष यता अस्पतालले धेरै प्रगती गरेको देखिएको बताउनु भयो । लुम्बिनी प्रदेशमा ८६ अंक ल्याउने अरु कुनै अस्पताल नभएको प्रवक्ता चौधरीले बताउनु भयो । ‘अस्पतालले ८० अंक सम्म आफ्नै कोशिसमा ल्याउन सक्छ । त्यसभन्दा बढि अंक ल्याउनका लागि संघ, प्रदेश र स्थानीय सरकारको पनि भुमिका हुन्छ ।’ उहाँले भन्नु भयो –‘भवन निर्माण, जनशक्ती व्यवस्थापन लगाएतका कार्यहरु अस्पतालले गर्न नसक्ने हुनाले अस्पतालले मात्र एकसय प्रतिशत अंक पुर्याउन गाह्रो हुन्छ ।’ ८६ प्रतिशत अंक हुनु भनेको कुनैपनि विरामीलाई औषधी गर्न तयार हुनु हो । तयारी सँग सँगै सेवा ग्राहीलाई सेवा पनि देखिएको हुँदा अस्पतालको समग्र अवस्था राम्रो भएको प्रवक्ता चौधरीले बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति बर्दियाका प्रमुखले अस्पतालको जनशक्ती व्यवस्थापन र भौतिक निर्माणका लागि सबैले पहल गर्नुपर्ने बताउनु भयो । पर्याप्त व्यवस्थापन भएपनि जनशक्ती व्यवस्थापन हुन नसक्दा अस्पतालबाट सेवाग्राहीले भने जस्तो सेवा पाउन नसकेको बताउनु भयो ।
अस्पतालको प्रगती हुनुभनेको सबैको प्रगतीको स्वरुप भएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनु भयो । उहाँले बर्दिया अस्पतालले सिकल सेल उपचार, मानसिक स्वास्थ्य उपचार, लगाएतका कुरालाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष एवं अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठले आफ्नो अध्ययन र अनुभवलाई अस्पताल व्यवस्थापनमा लगाउन पाएकोमा अस्पतालले लगातार सफलता हात पारेको बताउनु भयो । उहाँले अस्पतालको चिकित्सक र स्वास्थ्यकर्मीको समुह लगनसिल भएको कारणले अस्पताल व्यवस्थापन गर्न सहज भएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, बर्दिया प्रहरी प्रमुख, गैसस महासंघका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, बर्दिया अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सञ्चारकर्मी लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रमको सञ्चालन अस्पताल व्यवस्थापक बसन्त खनालले गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.