_प्रकाश पौडेल
मुस्किल छ यो दिललाई पनि बहुत मुस्किल छ ।
लिलाम बिक्री गर्न राखिएको आफ्नै दिल छ ।।
म हराएको छैन अझैसम्म गुमनाम भएको छैन
त्यो सपनाको सहरसम्म पुग्ने मेरो मञ्जिल छ ।।
यो मधुशालामा मुटु दुख्नेहरू मात्र भेटिन्छन्
दुःखीहरूलाई मस्त बनाउने यो महफिल छ ।।
मैले पनि हजारौं सपनाहरूको हत्या गरेको छु
श्रीमान् दिलको अदालतमा प्रतिवादी कातिल छ ।।
मेरो अभियोग फैसला हुनु, अगाडि कठघरामा थिए
नेपथ्यबाट आवाज आयो प्रकाशको मन प्रेमिल छ ।।