कृष्णसार अनलाइन, गुलरिया । बर्दिया राजापुर नगरपालिका – ९ का सत्यनारायण चौधरी मिस्टर नेपालको फाइलमा पर्नु भएको छ । चौधरी मिस्टर नेपाल २०२४ को फाइनलमा पर्नु भएको हो ।
नेक्स्ट मोडल्सको आयोजनामा भएको मिस्टर नेपाल १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता रहेको छ । मिस्टर नेपालको प्रतिस्पर्धामा रहेका प्रतियोगीहरूले इसेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यालय वा सामाजिक सञ्जालबाट समेत आवेदन लिन सक्ने व्यवस्था आयोजकले गरेको थियो ।
मिस्टर नेपालको प्रतिस्पर्धामा रहनु भएको चौधरी मिलनसार, मृदुभाषी, युवाको परिचित हुनुहुन्छ । चौधरीलाई चिन्नेहरूले चौधरी सहयोगी भावना भएको र आफू भन्दा सानालाई माया गर्ने ठुलालाई आदर गर्ने स्वभावको भएको बताउने गरेका छन् ।
अडिसनबाट छानिएर मिस्टर नेपालको फाइल प्रतिस्पर्धामा रहनु भएको सत्यनारायण चौधरीले देश विदेशमा रहनु भएका थारू समुदायकका र अन्य नेपालीलाई पनि भोट गरिदिनको लागि आग्रह गर्नु भएको छ । चौधरी भन्नुहुन्छ , ‘ कला र संस्कृतिको प्रवर्द्घन, संरक्षण प्रचार प्रसार गर्नुपर्ने हाम्रो दायित्व हो । यदि म विजेता भए भने हाम्रो थारू समुदायको कला, भाषा ,सांस्कृतिक भेषभुषा खानपानलाई विश्व सम्म चिनाउन प्रयास गर्नेछु ।
प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा, स्विमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी थियो । भने प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलावा नगद र पुरस्कार विभिन्न उपहार समेत जित्न सक्नेछन् ।