कृष्णसार अनलाइन, गुलरिया । राजापुर नगरपालिका– ४ मा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यामिक विद्यालयका विद्यार्थीहरू सामाजिक विषयको परीक्षा दिनबाट बञ्चित हुन परेको छ । विद्यालयले सामाजिक विषयको परीक्षा लिन नसकेपछि कक्षा ९ का एक सय ५२ जना विद्यार्थीहरू परीक्षा दिनबाट बञ्चित हुन परेको हो ।
करिब एक हजार विधार्थी रहेको विद्यालयमा दरबन्दी अनुसार शिक्षक नहुदाँ पठनपाठनमा असर परेको छ । विद्यालयमा सामाजिक पढाउने शिक्षकको विषय पढाउने विषय शिक्षक नहुँदा विद्यालयले सञ्चालन गर्ने त्रैमासिक परीक्षामा सामाजिक विषयको परीक्षा समेत रोकिएको विद्यालयका प्रधानाध्यपक सरोज कुमार झाले बताउनु भयो । उहाँले सामाजिक विषयका विषय शिक्षक केही वर्ष अघि निलम्बनमा विद्यालयमा सामाजिक विषयको शिक्षक अभाव भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ विद्यालयमा सामाजिक मात्र होइन गणित पढाउने शिक्षकको पनि अभाव छ । विद्यालयमा कक्षा एक देखि १० सम्म सात सय ५० जना विद्यार्थी रहेको छन् । जसमध्ये कक्षा ९ मा एक सय ५२ जना विद्यार्थी र कक्षा १० मा ७९ जना विद्यार्थी रहेका छन् । विद्यालयमा रहेको आधारभूत तहको शिक्षक दरबन्दी मिलान गर्दा अन्यत्र जेठ २७ गते सरुवा भएपछि विद्यालय करिब तीन महिनाबाट शिक्षकको अभाव भएको हो । पालिकासँग शिक्षक नभएको विषय जानकारी गराउर्दै शिक्षक माग गरेको छौ ।’
विद्यालयमा सामाजिक विषयको परीक्षा हुन नसक्नुको प्रमुख कारण विद्यालयमा दरबन्दी अनुसार शिक्षकको अभाव भएको अमर शहीद श्री दशरथ चन्द माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजकुमार उपाध्यायले बताउनु भयो । उहाँले पटक पटक शिक्षकको माग गर्दा पनि पालिकाले कुनै सुनवाई नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो , पालिकाले शिक्षकको दरबन्दी मिलान गर्दा विद्यालयका दुई जना शिक्षकको सरुवा भयो । त्यसपछि पालिकाले छिटै विद्यालयमा शिक्षक व्यवस्थापन गर्छौ भने पनि हालसम्म शिक्षक व्यवस्थापन हुन सकेको छैन् । विद्यालयमा पोलिटिकल साइन्सको शिक्षक नहुदाँ गत वर्ष आफैले विद्यालयमा निःशुल्क पढाए । यस पटक पनि विद्यालयमा शिक्षक आउने सम्भावना अहिलेससम्म देखिएको छैन् । विद्यालयमा शिक्षक नभएको विषयमा शिक्षा शाखा र जनप्रतिनिधिलाई जानकारी छ । ’
पालिकामा सङ्घीय बजेटबाट २३ करोड ६२ लाख ४४ हजार र स्थानीय तहले सात करोड ५० लाख गरी ३१ करोड १२ लाख ४४ हजार रुपैयाँ बजेट रहेको शिक्षा शाखा प्रमुख दल बहादुर चौधरीले बताउनु भयो । उहाँले पालिका रहेको बजेट शिक्षक तलब, शैक्षिक सामाग्री, छात्रवृति पाठ्यपुस्तक दिवा खाजामा खर्च गर्ने गरिएको बताउनु भयो । पालिका शिक्षा तर्फको बजेटबाट नगर शिक्षक राखेर शिक्षक व्यवस्थापन गर्दै आएपनि कार्यपालिका र अन्य समितिले नयाँ शिक्षक भर्नाको लागि विज्ञापन नगर्ने भनेकोले तत्काल शिक्षक विज्ञापन नगरिएको जानकारी दिनुभयो ।
राजापुर नगरपालिका नगरप्रमुख दिपेश थारूले विद्यालयमा परीक्षा सञ्चालन हुन नसकेको विषयमा आफूलाई जानकारी भएपनि विद्यालयमा शिक्षक नभएको बारेमा आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले पालिकामा शिक्षामा सुधार ल्याउन शिक्षक शिक्षक महासङ्घको नेतुत्व लागि पाँच सदस्यीय समितिको गठन गरिएको बताउनु भयो । उहाँले शिक्षक महासंघले ल्याएको शिक्षक मिलानका लागि जे सहमति गरेको सोही अनुसार शिक्षा समितिले निर्णयलाई गरेको बताउनु भयो । उहाँले कतिपय विद्यालयमा रहेको शिक्षकलाई मिलान गर्न रोज्दा उच्च अदालतले मुद्धा पर्ने र अख्तियारमा मुद्धा पर्ने कारण पनि सोचे अनुसार काम गर्न नसकिएको बताउनु भयो. । उहाँले कति पालिका तत्काल दरबन्दी शिक्षक व्यवस्थापन गर्न नसके पनि अहिले देखिएको समस्यालाई समाधान गर्ने गरी भोली नै शिक्षा समितिको बैठक बसी निर्णय गर्ने बताउनु भयो ।
पालिकाले शिक्षामा सुधारमा ल्याउनका लागि भन्दै स्थानीय शिक्षा ऐन, २०८० र शिक्षक दरबन्दी मिलान कार्यविधि, २०८० कार्यान्वयन ल्याएको थियो ।तर कार्यान्वयन पक्ष कमजोर हुँदा ऐन र कार्यविधि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् ।