bardiyahospital

बर्दियालाई प्राथामिकतामा राखेर विकास निर्माण गर्ने ः मुख्यमन्त्री

Geruwa GIF

ठाकुरबाबा । म्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियालाई विशेष प्राथामिकतामा राखेर विकास निर्माण कार्यक्रम ल्याएको बताउनु भएको छ । तुलनात्मक रुपमा बर्दिया जिल्ला अरु जिल्ला भन्दा विकास निर्माणमा पछाडि रहेको बताउँदै उहाँले चालु आर्थिक वर्षमा प्रदेश सरकारले बर्दियामा विकास निर्माणमा मात्र एक अरब ६२ करोड बजेट विकास तर्फ छुट्याएको बताउनु भयो ।
नेकपा एमाले बर्दियाले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आउनु भएका मुख्यमन्त्री आचार्यसँग प्रेस चौतारी बर्दियाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले बर्दिया जिल्लाको विकासको धरोहरको रुपमा रहेको कर्णाली प्रदेशसँग जोड्ने भुरिगाउँ तेलपानी सडक निर्माणलाई आगामी वर्ष देखि प्राथामिकतामा राखेर अगाडि बढाउने बताउनु भयो । त्यसैगरी बर्दिया जिल्लाको कृषि र पर्यटनलाई अगाडि बढाउनका लागि विशेष योजना बनाएर लागू गर्ने बताउनु भयो । बर्दिया वन्यजन्तुबाट बढी प्रभावित जिल्ला भएकोले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आर सि सि वाल निर्माणलाई प्राथामिकतामा राखेर अगाडि बढ्ने बताउनु भयो ।


जनतालाई सुशासनको अनुभुति हुने गरे आफ्नो नेतृत्वको सरकारले काम गर्ने बताउँदै विगत १० वर्ष देखि यता पूर्व विशिष्ट कर्मचारीहरूले पाउँदै आएको सुविधा कटौती गरेको बताउनु भयो । त्यसैगरी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले पालन गर्नुपर्ने आचारसंहिता निर्माण गरी पालन गर्ने गराउने कार्यको सुरुवात गरेको बताउनु भयो । ५ लाख भन्दा बढिका आयोजनाहरूलाई खुला प्रतिस्पर्धाबाट गराउने बताउनु भयो ।
छोटो समयमा जनताले अनुभुति गर्ने कार्यक्रम गरेको बताउँदै उहाँले प्रदेश भित्र एक हजार ९ सय ७८ जना कर्मचारीको दरबन्दी खाली रहेको बताउँदै पदपुर्तीको प्रक्रिया सुरु गरिसकेको बताउनु भयो ।यस आर्थिक वर्षमा एक हजार ९ सय ७८ जनाले रोजगारी पाउने उहाँले बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.