प्रकाश पौडेल, गुलरिया । कमैया महिला जागरण समाज नेपालको अध्यक्षमा कृष्णी थारू निर्वाचित हुनु भएको छ । कमैया महिला जागरण समाज नेपालको पाचौँ अधिवेशनबाट अध्यक्षमा थारू निर्वाचित हुनु भएको हो ।
अधिवेशनमा सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, मुक्त कमैया समाजका प्रमुख तथा प्रतिनिधि , संस्थाका बोर्ड सदस्यहरू तथा साधारण सदस्यहरू तथा संस्थाका कर्मचारीको सहभागिता रहेको थियो ।
संस्थाका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले संस्थाको उपाध्यक्षमा मञ्जु चौधरी, सचिवका मीना चौधरी, कोषाध्यक्षमा तुलसी चौधरी र सदस्यमा रीम थारू, राजकुमारी चौधरी र सम्झना चौधरी निर्वाचित हुनु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘संस्थाको निर्वाचन बर्दिया जिल्ला अदालत नेपाल बार एशोसियसनका अध्यक्ष एवम् संस्थाका कानुनी सल्लाहकार कमल प्रसाद पाण्डेको संयोजकत्वमा निर्वाचन गरिएको थियो । भन्ने कार्यसमिति सर्वसम्मत रुपमा छनौट गरिएको हो ’
संस्थाले भदौ २६ गते साधारण सभा तथा अधिवेशनबाट सम्पन्न गरेको थियो । यस भन्दा पहिला संस्थाको अध्यक्ष विरुणी थारू रहनु भएको थियो । भने विगत लाम्रो समयदेखि संस्थाले बर्दियाका विभिन्न पालिका रहेर कमैयाको हक अधिकार शिक्षा, स्वास्थ्य, वातावरण लगायतको क्षेत्रमा काम गर्दै आएको छ ।