bardiyahospital

 नेपाल पत्रकार महासंघ बर्दियामा तालाबन्दी 

 नेपाल पत्रकार महासंघ बर्दियामा तालाबन्दी 

Geruwa GIF

  बर्दिया । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सार्वजनिक गरेको साधारण सदस्यको नामावली प्रति असन्तुष्टि जनाउँदै प्रेस चौतारी बर्दियाले तालाबन्दी गरेको हो ।
महासंघ केन्द्रले सार्वजनिक गरेको साधारण सदस्यको नामावलीमा महासंघले तय गरेको सदस्यता शुद्धिकरण मापदण्ड विपरित नामावली समावेश गरिएकोपत्रकारिता भन्दा फरक पेशमा आवद्ध भएकाहरूलाई समेत सदस्यता नवीकरण गरिएको विरोधमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 


विज्ञप्तिमा प्रेस चौतारीमा आवद्ध भएको कारण सदस्यताबाट हटाउने र अन्य संगठनमा आवद्ध भएका पत्रकारितामा संलग्न नभएकालाई समेत सदस्यता दिने अन्यायपूर्ण लज्जास्पद कार्य गरेकोमा खेद प्रकट गरिएको उल्लेख गरिएको छ । बहुमत र सत्ताको आडमा आफ्ना संगठनका सदस्यताहरूको मात्र राख्ने र अरुलाई हटाउने जस्तो घृणित कार्य नगर्न हुन अनुरोध गर्दछौँ , विज्ञप्तिमा उल्लेख छ । 

cld


राजीनामा दिई स्वीकृत भइसकेको अध्यक्षको हस्ताक्षर प्रयोग गरिएको नामावली मान्न नसकिने प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटा बताउनु भयो । उहाँले भन्नु भयो –‘ नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजिनामा दिई मिति २०८१ भाद्र २६ गते स्वीकृत भइसकेपनि भाद्र २९ गते प्रकाशन भएको साधारण सदस्यको नामावली प्रकाशनमा उहाँ कै डिजिटल हस्ताक्षर राखिएको प्रति सहमत हुन सकिन्न ।’
पत्रकारितामा क्रियाशील पत्रकारहरूको साधारण सदस्यता नवीकरण हुनुपर्ने र पत्रकारिता क्षेत्रमै नभएकाहरूको सदस्यता लिस्टबाट हटाउन माग गर्दै तालाबन्दी गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो । उहाँले माग पुरा नभएसम्म ताला नखुल्ने बताउनु भयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.