Division forest_Ads
Barista_Training

पालिका रहेको सामुदायिक विद्यालयमा अतिरिक्त कक्षाको नाममा चर्को शुल्क 

Geruwa GIF

 प्रकाश पौडेल, बर्दिया ।  बाँसगढी नगरपालिकामा रहेका माध्यामिक विद्यालयले अतिरिक्त कक्षा सञ्चालनका नाममा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको पाइएको छ पालिका भित्र रहेका १४ ओटा माध्यामिक विद्यालयले अतिरिक्त कक्षा सञ्चालनको नाममा विद्यार्थीबाट चर्को शुल्क लिने गरेको पाइएको हो । 

एसइइमा नतिजा कमजोर आएपछि विद्यालयले धमाधम अतिरिक्त कक्षा सञ्चालन गर्न थालेका छन् । अभिभावक र विद्यार्थीहरूको भेला गरेर सुरु गरिएको भएता पनि अभिभावकहरू नै अतिरिक्त कक्षाको शुल्क अत्याधिक भएको गुनासो गरिरहेका छन् । अर्कोतर्फ कतिपय विद्यार्थीहरू नै चर्को शुल्कको विरोधमा उत्रिएका छन् ।

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै शुल्क लिन नपाउने घोषणा गरेको छ । माध्यमिक तह सम्मको शिक्षालाई स्थानीय सरकारले व्यवस्थापन, अनुगमन र निरीक्षण गर्ने जिम्मा दिएपनि नगरपालिकाको मौन स्विकृतीमा विद्यालयहरूले धमाधम शुल्क उठाएका छन् । 

Basgadhi PSA_final

बासगढी नगरपालिका शिक्षा युवा, तथा खेलकुद शाखा प्रमुख मनप्रसाद रेग्मी पालिकाको एसइइ नतिजा कम आएपछि पालिकाले शिक्षामा कसरी सुधार गर्न सकिन्छ भन्ने छलफल भए पश्चात अभिभावकसँग छलफल गरी विद्यालयले नै योजना बनाउने अनौपचारिक निर्णय बताउनु भयो । विद्यालयहरुमा भएको अभिभावक भेलाले अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताउँदै उनीहरूले नै अतिरिक्त कक्षा सञ्चालन गर्दा अतिरिक्त परीक्षा, खाना, खाजा लगायतको खर्चका लागि शुल्क उठाएको बताउनु भयो ।

बाँसगढी नगरपालिका नगर प्रमुख खड्कबहादुर खड्काले अतिरिक्त कक्षा सञ्चालन गर्दा। विद्यालयले शिक्षकलाई प्रति कक्षा प्रति महिना पाँच हजार शिक्षकको पारिश्रमिक नबढ्ने गरी शुल्क लिनका लागि व्यवस्थापन मिलाउन विद्यालयलाई भनेको बताउनु भयो। उहाँले कतिपय विद्यालयका शिक्षक कोचिङ कक्षा सञ्चालन गरेर प्रतिविद्यार्थी मासिक २ हजारसम्म लिने गरेको पाइएको थियो। पैसा उठाउन विषयको निर्णय पालिकाले नगरेर अभिभावक भेलाले गरेको दाबी खड्काले गर्नुभयो । विद्यालयमा हुने महँगो कोचिङ कक्षा रोकिने बताउँदै नगरप्रमुख खड्काले विद्यार्थीले विद्यालयमा बुझाउने पैसाले खाना, खाजा र अतिरिक्त शुल्क व्यवस्थापन गर्ने गरी अभिभावकको भेलाले नै शुल्क उठाएको बताउनु भयो । उहाँले भन्नुभयो, कुनैविद्यार्थीले शुल्क तिर्न नसकेमा सो शुल्क पालिकाले व्यवस्थापन गर्नेछ ।

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सूर्यबहादर खत्रीले बाँसगढी नगरपालिकामा रहेका सामुदायिक विद्यालयले अतिरिक्त कक्षा सञ्चालनको नाममा चर्को शुल्क उठाएको भन्दै विभिन्न विद्यार्थी संगठन र सरोकारवाला निकायको ’सरोकारवाला निकायको गुनासो आएको बताउनु भयो गुनासो आएपछि पालिकालाई तत्काल शुल्क नउठाउनु भनि पत्राचार गरिएको छ।’ उहाँले भन्नुभयो।’ अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ को दफा २० को उपदफा प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तहसम्म शिक्षा निःशुल्क प्राप्त गर्ने अधिकार रहेकोले शुल्क नउठाउन पत्राचार गरिएको हो।’

पालिका भित्रका सामुदायिक विद्यालयमा उठाइएको अतिरिक्त शुल्कको विषयमाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विरोध गरेको छ । अतिरिक्त कक्षालाई शिक्षा वनगरपालिकाले निःशुल्क बनाउनु पर्ने माग गर्दै बाँसगढी नगरपालिकाको शाखामा तालाबन्दी समेत गरेको थियो । उनीहरुलेगुलरियामा पत्रकार सम्मेलन गर्दै संविधान र सरकारको नीति विपरित नगरपालिकाले विद्यालयहरुलाई शुल्क उठाउन दिएको बताएका छन् । स्ववियु (क्रान्तिकारी) ले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा नेपालको संविधानमा नै निःशुल्क शिक्षाको ज्ञारेन्टी गरिएको छ, तर पालिकाले भदौ १ गतेदेखे लागू हुने गरी विद्यार्थीबाट शुल्क उठाएको छ। कुनैपनि रसिद नदिई शुल्क उठाइएको बताउँदै तत्काल विद्यार्थीबाट उठाइएको शुल्क हटाउनु पर्ने माग सहित संगठनले विज्ञप्ती निकालेको छ । 

Leave A Reply

Your email address will not be published.