bardiyahospital

न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल उत्कृष्ट

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा ७०. ४२ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो भएको हो ।

अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, सरसफाइ, बहिरङ्ग सेवा, इमर्जेन्सी सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई मुख्य आधार मानेर न्यूनतम सेवा मापदण्ड र सम्पादनका आधारमा बर्दिया अस्पतालले कुल ७०. ४२ अङ्क प्राप्त गरेको हो ।

cld

न्यूनतम मापदण्ड सेवामा देशभर रहेका ५० शय्या क्षमता भएका अस्पतालमध्ये बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै पहिलो बन्न सफल भएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डाक्टर बासुदेव उपाध्याय बताउनु भयो । 

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले अस्पताल लुम्बिनी प्रदेशमा प्रथम हुनुमा अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी, व्यवस्थापन समिति र सरोकारवाला निकायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताउनुभयो । मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले भन्नुभयो, ‘बर्दिया अस्पतालले न्यूनतम सेवा मापदण्डमा ७०.४२ अङ्क ल्याएको छ, अब आगामी वर्ष थप अङ्क ल्याउने गरी अस्पताल टिम लाग्छौँ ।’

पछिल्लो समय मृगौला रोगका बिरामीहरूलाई डाइलाइसिस सेवा समेत अस्पतालले प्रवाह गर्दै आएको छ ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लुम्बिनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल दोस्रो र अर्घाखाँची अस्पताल अस्पताल तेस्रो भएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.