_ सुशिल ज्ञवाली
मान्छे बदलिन्छ एकदिन चेतना बदलिन्छ ।
समय सँगै दुःखी, गरिब को बेदना बदलिन्छ ।।
तपाई सम्पन्न हुनुस्, सरोकार राख्छ सबैले
धन देखेरै त महादेवको, साधना बदलिन्छ ।।
खेती राजनीति को हुन्छ, चर्चा कुर्सी कै हुन्छ
नढोगे पाउ बडाको ,यहाँ सम्भावना बदलिन्छ ।।
तपाई माया र प्रेम भन्नुहुन्छ, पछि लाग्नुहुन्छ
दुखेपछि मुटु बारबार, कसरी चाहना बदलिन्छ ।।
यसरी अपहेलना नगर्नुहोस् महोदय बुझ्नुभो,
मान्छे हु एकदिन मेरो पनि त, भावना बदलिन्छ ।।