कृष्णसार अनलाइन, गुलरिया । ग्रेट हिमालयन ट्रेल तल्लो खण्डको पदयात्राको वृत्तचित्र विभिन्न स्थानमा र युट्युबमा हेर्न सकिने भएको छ । ४१ दिन लगाएर निर्माण गरिएको ग्रेट हिमालयन ट्रेल तल्लो खण्डको पदयात्राको वृत्तचित्र देशका विभिन्न स्थानमा र युट्युबमा हेर्न सकिने भएको हो ।
त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रिय विभागका उपप्राध्यापक डाक्टर राजन बिनाएक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी मा बि का शिक्षक लिला बहादुर विश्वकर्माले ग्रेट हिमालय ट्रेलको तल्लो खण्डको पदयात्रा सुरु गर्नु भएको हो । कात्तिक १३ गतेको दिनबाट सुरु भएको यात्रा देशको २५ जिल्लामा पुगेर सकिएको थियो । उहाँहरूले ४१ दिन लाम्रो ग्रेट हिमालय ट्रेलको तल्लो खण्डको पदयात्रा गर्नु भएको थियो ।
उपप्राध्यापक डाक्टर पासाले भन्नुभयो, ‘ छोटो समयमा पदयात्रा यात्रा पार गर्न चाहने, पदयात्रीलाई आकर्षित गर्न, सो रुटमा महत्वपूर्ण रहेको छ । यात्राका क्रममा स्थानीयको जनजिविकाको अवस्था अध्ययन अनुसन्धान गर्न सकिने भएकोले पनि अध्ययनकर्ताको लागि पनि यो रुट महत्वपूर्ण मानिन्छ । यो रुटको वृत्तचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा गरिएको हो । ’उहाँले हिमालयन ट्रेलको परिकल्पनाकार प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीको छोरा पिटर हिलारी हुन भने ग्रेट हिमालयन ट्रेल नामाकरणका गर्ने काम गर्ने बिटिस नागरिक रोविन बोस्टेड भएको बताउनु भयो ।
पदयात्री लिलाबहादुर विश्वकर्माले पदयात्राले नेपालको रहनसहन, भेषभुषा, कलासंस्कृति, प्राकृतिक सौन्दर्य स्थानीय उत्पादन लगायतको बारेमा अध्ययन गर्न चाहनेहरूका लागि यो रुट महत्वपूर्ण हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पूर्वको पाँचथरबाट सुरु गरेर पश्चिम दार्चुलासम्मका पदयात्रा ४१ दिनमा गरिएको हो । पदयात्राको क्रम तयार पारिएको वृत्तचित्र rajan pasa YouTube Channel मार्फत हेर्न सकिन्छ । ’
ग्रेट हिमालयन ट्रेल तल्लो खण्डको पदयात्राको जोखिमपूर्ण र साहसिक मानिन्छ । नेपालको पर्यटनमा यस पदयात्रा माग पदयात्रीको लागि महत्वपूर्ण गन्तव्य स्थलको रुपमा लिन सकिन्छ ।