Krishnasar_Dubble Ad
Barista_Training

मदिरालयमा अचेल उत्सव खासै धुनधान हुदैन्

गजल 

Geruwa GIF

– प्रकाश पौडेल 

उसको चेहरामा चमक ओठमा मुस्कान हुदैन्
किन यो विषयको कसैबाट अनुसन्धान हुदैन् ।। 

जबदेखि पत्रमञ्जूषा हरायो अनि हराए हुलाकी
महोदय शहरमा चिठ्ठीपत्र आदानप्रदान हुदैन् ।। 

Basgadhi PSA_final

स्वर्णिम सपना देख्नेहरू पनि निदाउन सक्दैनन्
यो रात पहिलाझैँ अचेल खासै सुनसान हुदैन् ।।

डाक्टर साहेब त्यो मदिरालय बिरामी परेको छ
मदिरालयमा अचेल उत्सव खासै धुनधान हुदैन् ।। 

दिलको बजारमा कारोबार गर्दागर्दै भूकम्प गयो
दिलमा गाको भूकम्प मापन हुदैन्, अनुमान हुदैन् ।।

                           

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page