bardiyahospital

मदिरालयमा अचेल उत्सव खासै धुनधान हुदैन्

गजल 

Geruwa GIF

– प्रकाश पौडेल 

उसको चेहरामा चमक ओठमा मुस्कान हुदैन्
किन यो विषयको कसैबाट अनुसन्धान हुदैन् ।। 

cld

जबदेखि पत्रमञ्जूषा हरायो अनि हराए हुलाकी
महोदय शहरमा चिठ्ठीपत्र आदानप्रदान हुदैन् ।। 

स्वर्णिम सपना देख्नेहरू पनि निदाउन सक्दैनन्
यो रात पहिलाझैँ अचेल खासै सुनसान हुदैन् ।।

डाक्टर साहेब त्यो मदिरालय बिरामी परेको छ
मदिरालयमा अचेल उत्सव खासै धुनधान हुदैन् ।। 

दिलको बजारमा कारोबार गर्दागर्दै भूकम्प गयो
दिलमा गाको भूकम्प मापन हुदैन्, अनुमान हुदैन् ।।

                           

online dubble sclaed
Leave A Reply

Your email address will not be published.