Division forest_Ads
Barista_Training

 बर्दियामा रैथाने बाली प्रर्दशनी 

Geruwa GIF

बढैयाताल ।बर्दियामा रैथाने बाली खाद्य तथा परिकारहरूको प्रदर्शनीको आयोजना गरिएको छ । बढैयाताल गाउँपालिकाको सहकार्यमा मैगर सामुदायिक संस्थाको आयोजनामा बढैयाताल गाउँपालिकाको मैनापोखरमा प्रदर्शनीको आयोजना गरिएको हो । 


बर्दिया जिल्लामा उत्पादन हुने रैथाने बाली र परिकारहरूको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा बर्दियामा उत्पादन हुने रैथाने तथा स्थानीय जातका धान अनदी, साठा, काला नमक,स्थानिय सिलोङ्ग, समुद्रफिनी, तिल्की, बास्मती, घियापुरी, रातो पाखे लगायतका धान प्रदर्शनीमा राखिएको थियो । त्यसैगरी सेतो मकै, केराउ, सर्स्यु, तोरी, भाजी, कोदो लगायतका बालीहरूको प्रदर्शनी गरिएको थियो । स्थानीय कुखुरा, माछा, तरकारी समेत प्रदर्शनीमा राखिएको थियो । स्थानीय स्तरमा परापूर्वकाल देखि बनाइदै आएको पौष्टिक परिकारहरू अनदीको बर्या, ढिकरी, खेर्चा, घोङ्गी सिद्रा माछा लगायतका परिकार प्रदर्शनीमा राखिएको थियो । 

Basgadhi PSA_final

पर्यावरणीय कृषिका लागि १६ दिने अभियानको क्रममा प्रदर्शनीको आयोजना गरीएको हो । स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरुतिनिहरुबाट बनेका परिकारहरूको संरक्षण र प्रचार प्रसार गर्नका लागि प्रदर्शनीको आयोजना गरेको मैगर सामुदायिक संस्थाका कार्यक्रम संयोजक कृष्णगोपाल चौधरीले बताउनु भयो । उहाँले अहिले विषादी युक्त र हाइब्रिड जातका खाद्यान्नले गर्दा धेरै मानिसहरू रोगी भएको बताउँदै खाद्यान्न उत्पादन गर्ने कृषकहरूलाई नै सुधार गर्न लगाउनु पर्ने उहाँले बताउनु भयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बढैयाताल गाउँपालिकाका प्रमुख हिमालय त्रिपाठीले स्थानीय जातको बालीको संरक्षण र प्रर्वद्धनका लागि गाउँपालिकाले सबै सँग सहकार्य गरेर जाने बताउनु भयो । हाल हाइब्रिड र उन्नत जातका अन्नबालीहरू र त्यसमा प्रयोग हुने रासायनिक मलले हामी आफैलाई असर गरिरहेको  बताउँदै अर्गानिक साग सब्जी र खाद्यान्नहरू प्रयोग बढाउनका लागि प्रोत्साहन गर्ने बताउनु भयो । 

बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले प्रदर्शनीले स्थानीय जातका अर्गानिक अन्न र तरकारी खानका लागि उत्प्रेरित गर्ने बताउनु भयो । स्वस्थ रहनका लागि बढैयाताल मात्र नभएर देशभरी नै अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो । आर्गानिक र रैथाने खेतीका लागि गाउँपालिकाले प्रोत्साहनका कार्यक्रमहरू अगाडि बढाउने बताउनु भयो । बढैयाताल गाउँपालिकामा अर्गानिक खेतीको लागि पकेट क्षेत्रको रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो ।  

कार्यक्रमको सभाध्यक्ष एवं मैगर सामुदायिक संस्थाकी अध्यक्ष तुलसी चौधरीले संस्थाले सुरक्षित खाद्यान्न सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनु भयो । सुरक्षित र रैथाने अन्न र तरकारी उत्पादनका लागि बढैयाताल गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेर अभियानको रुपमा अगाडि लैजानु पर्ने बताउनु भयो । 


कार्यक्रम बढैयाताल गाउँपालिकाको सहकार्यमा  मैगर कृषि सहकारी संस्था, आईपाम, सोसल वर्क इन्सिच्युटपेस्टिसाइट एक्सन नेटवर्क एसिया एण्ड द प्यासिफिकको सहयोगमा मैगर सामुदायिक संस्थाले आयोजना गरेको हो । मैगर सामुदाकिय संस्था वि.स.२०६९ साल देखि सामुदायमा सचेतना मुलक विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

Leave A Reply

Your email address will not be published.