
बर्दिया ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाको आठौँ अधिवेशन पर्यटकिय क्षेत्र बढैयातालमा आगामी पुष २७ गते आयोजना हुने भएको छ । बर्दिया शाखाको आज बसेका बैठकले बढैयाताल गाउँपालिकामा रहेको पर्यटकिय क्षेत्र बढैयातालको छेउमा आठौँ अधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशन सँग सँगै पर्यटकिय क्षेत्रको प्रचार प्रसार समेत हुने भएकोले बढैयातालमा नै अधिवेशनको आयोजना गर्ने निर्णय गरीएको प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दिया अध्यक्ष डिलप्रकाश गौतमले बताउनु भयो ।

अधिवेशनको मिति र स्थान तय भए सँगै प्रेस चौतारी बर्दियामा छुट्टै रौनक छाएको छ । अधिवेशनको तयारी व्यापक रुपमा सुरु गरीएको अध्यक्ष गौतमले बताउनु भयो । अधिवेशन तयारीका लागि जिम्मेवारी बाँडफाँड गरी तयारीलाई तिव्र पारीएको बताउँदै लगत्तै सदस्यता नविकरण र सक्रिय पत्रकारहरुलाई नयाँ सदस्यता वितरण गर्ने कार्य खुल्ला गरीएको बताउनु भयो ।
बैठकले प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाका उपाध्यक्ष जनकराम चौधरी आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको अध्यक्षमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गरेको छ । त्यसैगरी सदस्य कैलाशमान श्रेष्ठ आदिवासी जनजाती महासंघ नेपालको केन्द्रिय प्रतिनीधि चयन हुनु भएकोमा बधाई ज्ञापन गरेको छ ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी(एमाले) जिल्ला कमिटि बर्दियाको नवौँ अधिवेशनको लागि तिन सदस्यिय प्रतिनीधि छनौट समेत गरेको छ ।


