Division forest_Ads
Barista_Training

दश बुँदे घोषणा पत्र सार्वजनिक गर्दै युवा सम्मेलन सम्पन्न (घोषणा पत्र सहित)

Geruwa GIF
यज्ञप्रसाद सापकोटा,बर्दिया । ‘म बनाउँछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित बाँसगढी नगरपालिकामा सुरु भएको युवा सम्मेलनले १० बुँदे घोषणा पत्र सार्वजनिक गर्दै युवा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले स्थानीय युवा रणनीति निर्माणका लागि युवाहरुको धारणा समेट्न युवा सम्मेलनको आयोजना गरीएको थियो ।
 युवा सम्मेलन २०८१ को घोषणापत्रमा युवा मैत्री स्थानीय शासन प्रवद्र्धन, स्थानीय युवा नीति तथा स्थानीय रोजगार रणनितिक योजना तर्जुमा, नगर भित्रका युवा समूह तथा सञ्जालहरूको क्षमता विकास उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै युवाहरुको स्वरोजगार अभिवृद्धि गर्ने लगाएतका विषयहरु समेटिएको छ ।
Basgadhi PSA_final
सम्मेलनलाई सम्बोधन गर्दै तीन ओटै तहका सरकारहरु समन्वय गरी युवाहरूलाई उद्यमशिलतामा जोड्ने गरी प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ ।उहाँले युवाहरूको रुचि र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्ने उहाँले बताउनु भएको छ ।
स्थानीय रोजगार रणनीति निर्माण गर्नका लागि आयोजना गरिएको युवा सम्मेलनमा मुख्यमन्त्री आचार्यले स्वदेशमै उद्यमशिलताको अवसरहरू सृजना गर्न सरकार तयार भएको बताउँदै उहाँले सिप सिकाउने र उद्यमशिलतामा जोड्ने कुरामा प्रतिबद्ध भएको बताउनु भएको छ । ’
सम्मेलनमा बोल्दै बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्कबहादुर खड्काले नगरपालिकाका युवाहरूलाई रोजगार र अवसरसँग जोड्नका लागि युवा सम्मेलनको आयोजना गरेको बताउनु भएको छ । सम्मेलनले स्थानीय रोजगार रणनीति तयार गर्ने, युवा नीति तयार गर्ने युवाहरुलाई स्थानीय शासनमा अर्थपूर्ण सहभागिता गराउने उद्यमशील युवा तयार गर्ने कार्य गर्ने उहाँले बताउनु भयो ।
‘म बनाउँछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलनमा बाँसगढी नगरपालिका भित्रका तिन सय ३७ जना युवा प्रतिनीधिहरु सहभागी रहेका थिए ।
Leave A Reply

Your email address will not be published.